राहत कोषमा भट्टराईद्वारा ५१ हजार रुपैयाँ प्रदान
झापा, बिर्तामोड उद्योग वाणिज्य संघले स्थापना गरेको व्यवसायी सदस्य राहत कोषमा बिर्तामोडका युवा व्यवसायी निर्मल भट्टराईले ५१ हजार रुपैयाँ प्रदान गरेका छन् ।
संघको कार्यालयमा आयोजित कार्यक्रमकाबीच भट्टराईले संघका अध्यक्ष राजु न्यौपानेलाई उक्त रकम प्रदान गरेका हुन् । भट्टराई संघका विशिष्ठ सदस्य हुन् । उनले आफ्नो जन्म दिनको अवसर पारेर संघले स्थापना गरेको कोषमा सहयोग पु¥याएको र कोषमा एक करोड रुपैयाँ नपुग्दासम्म हरेक वर्ष आफ्नो जन्म दिनमा सहयोग प्रदान गर्ने बताए ।
श्रीमती सुमित्रासहित संघको कार्यालयमा आएका उनले कोषमा रकम प्रदान गर्दै व्यवसायीकै हितका लागि बिर्तामोड उद्योग वाणिज्य संघले काम गरिरहेको र कोष वृद्धिका लागि रकम जुट्ने क्रम पनि जारी रहेको बताए । भट्टराई अलैंची व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष हुन् भने एभरेष्ट लार्ज कार्डमम इन्डष्ट्रिजका अध्यक्ष हुन् । यो संगै उनी विभिन्न सामाजिक र व्यवसायिक संघ सस्थामा आवद्ध छन् ।
कोष वृद्धिका लागि सहयोग प्रदान गरेका भट्टराईलाई बिर्तामोड उद्योग वाणिज्य संघले कदरपत्रसहित सम्मान गरेको छ । कदरपत्र संघका अध्यक्ष न्यौपाने,कोषका संयोजक राजकुमार घिमिरे राजु, उपाध्यक्ष जीवन खड्का, गोमा भट्टराई , महासचिव कुशल खतिवडा लगायतले संयुक्त रुपमा प्रदान गरेका थिए ।
बिर्तामोड उद्योग वाणिज्य संघले एक करोड रुपैयाँ बरावरको व्यवसायी सदस्य राहत कोष स्थापना गरेको हो । कोषमा हालसम्म झण्डै २० लाख रुपैयाँ संकलन भएको बताइएको छ ।