जेष्ठ ३१, २०८२ शुक्रबार

जनकल्याणमा पुरस्कार र छात्रवृत्ति वितरणसँगै पीटीए गठन

बिर्तामोड । जनकल्याण आधारभुत विद्यालय महाभारामा विद्यार्थीहरुलाई पुरस्कार वितरणसँगै शिक्षक अभिभावक संघ गठन गरिएको छ । आज विद्यालयमा आयोजित कार्यक्रमका बीच पुरस्कार वितरणसँगै अभिभावक संघ गठन गरिएको प्रधानाध्यापक चन्द्रप्रसाद भट्टराईले जानकारी दिए ।

गौरीगञ्ज – १ मा रहेको सो विद्यालयले शैक्षिक सत्र– २०८१ को बाल कक्षादेखि कक्षा ८ सम्म प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरुलाई पुरस्कृत गरेको छ । यस्तै, कक्षा १ – ३ कक्षा ४ – ५ र कक्षा ६ –८ को कक्षागत सरसफाई र अनुशासनमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको प्रअ भट्टराईले जानकारी दिए । शैक्षिक सत्र –२०८१ को कक्षा १ देखि ५ सम्म अध्ययनरत छात्रा, सीमान्तकृत र दलित विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको हो ।
सो अवसरमा शिक्षक अभिभावक संघ समेत गठन गरिएको छ । अभिभावक पूजा झाको अध्यक्षता गठित समितिको सदस्यहरुमा नुतन रजक, लक्ष्मी नारायण झा , सुजता जैरु, भूपेन्द्र महतो चयन भएका छन् । बाँकी सदस्यहरु आगामी बैठकमा मनोनित बताइएको छ ।

पुरस्कार वितरण व्यवस्थापनमा शिक्षक चक्रबहादुर पौडेल र सोमनाथ काफ्लेले सहजीकरण गरेका थिए भने छात्रवृत्ति वितरण व्यवस्थापनमा शिक्षक पर्शुराम ताजपुरिया र टेकनाथ शर्मा जमरकट्टेलले सहजीकरण गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपालचन्द्र सिंह राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा औचित्यमाथि प्रअ भट्टराईले प्रकाश पारेका थिए ।

प्रकाशित मिति : जेष्ठ ३०, २०८२ बिहीबार  ५ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]