Banner news

रोष्टमबाट गृहमन्त्रीले भने – भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, हुन सक्दैन

रोष्टमबाट गृहमन्त्रीले भने – भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन, हुन सक्दैन

गृहमन्त्री रमेश लेखक शुक्रबार नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा बसेको प्रतिनिधिसभा बैठकमा सम्बाेधन गर्नुहुँदै । तस्बिर : गोपाल दाहाल/रासस

काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन् । उनले आफूविरुद्ध नियोजित षड्यन्त्रका रूपमा यो विषय ल्याइएको आरोप लगाए । उनले राजनीतिक प्रतिशोध साँधेर आफूमाथि विभिन्न आरोप लगाइएको बताए ।

भिजिट भिसा प्रकरणमा मेरो संलग्नता छैन र हुन सक्दैन । मेरा विरुद्धमा नियोजित रूपमा षड्यन्त्र भएको छ । त्यसको म खेद प्रकट गर्न चाहन्छु, उनले भने ।

संवैधानिक निकायले अनुसन्धान गरिरहेका बेला मन्त्रीहरूलाई छानबिन गर्दै जाने हो भने कुनै पनि मन्त्री बाँकी नरहने उनको भनाइ छ । यसअघि यस्ता विषयमा कति जना मन्त्रीले जवाफ दिनुभएको छ, उनले प्रश्न गरे ।

उनले भ्रष्टाचार नियन्त्रणका लागि आफू थप क्रियाशीलता रहने र अनुसन्धानमा कुनै प्रभाव पार्ने काम नगर्ने बताए । अनुसन्धानमा प्रभाव पार्ने काम हुनु हुँदैन भन्ने म स्पष्ट छु । गृहमन्त्री पदको दुरुपयोग गरेको भन्ने कुरा गलत छ । म त्यस्तो गर्दिनँ, उनले भने ।

शेयर गर्नुहोस :

81
Shares