जेष्ठ ३१, २०८२ शुक्रबार

अनेरास्ववियुको अध्यक्षमा सुजन कडरिया निर्वाचित

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भ्रातृ सङ्गठन अनेरास्ववियुको अध्यक्षमा डा सुजन कडरिया निर्वाचित हुनुभएको छ । कीर्तिपुरमा जारी सम्मेलनमा बिहीबार भएको विद्युतीय मतदानमा निकटतम प्रतिद्वन्द्वी प्रकाश पौडेललाई सात मतले पछि पार्दै कडरिया अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । मतपरिणामअनुसार कडरियाले सात सय ३२ मत ल्याएर विजयी हुँदा पौडेलले सात सय २५ मत पाउनुभयो ।

अनेरास्ववियुको उपाध्यक्षमा अञ्जना सिवाकोटी, विकास श्रेष्ठ तथा महासचिवमा दीपक धामी र उपमहासचिवमा कमल जोशी निर्वाचित हुनुभएको छ । सचिवमा आकाश घर्ती, रचना सापकोटा र गोपाल नेपाल निर्वाचित हुनुभयो भने आयोग अध्यक्ष प्रकाश विष्ट, सुमन घिमिरे, जितप्रसाद सिटौला निर्वाचित हुनुभएको छ ।

प्रकाशित मिति : जेष्ठ ३१, २०८२ शुक्रबार  १२ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]