असार १३, २०८२ शुक्रबार

कोशी प्रदेशको बजेट सर्वसम्मतिले पारित

विराटनगर । कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको बजेट सर्वसम्मतिले पारित भएको छ । सरकारले प्रस्ताव गरेको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट बिहीबार प्रदेशसभाबाट सर्वसम्मतिले पारित भएको हो ।

सरकारले असार १ गते बजेट पेस गरेको थियो । बजेटमाथि भएको छलफलमा ३८ जना सांसदले भाग लिएका थिए ।
छलफलपछि पारितका लागि आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले सदनसमक्ष प्रस्ताव पेस गरेका थिए ।

सरकारले चालु खर्चका लागि १८ अर्ब ६७ करोड ३३ लाख र पुँजीगत खर्चतर्फ १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
आय स्रोतको अनुमान अनुसार, आन्तरिक राजस्वबाट पाँच अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड र बाँकी रकम संघीय सरकारबाट प्राप्त हुने अनुदानबाट व्यवस्थापन गरिने उल्लेख छ ।
पारित बजेट आगामी साउन १ गतेदेखि कार्यान्वयनमा जानेछ ।

प्रकाशित मिति : असार १३, २०८२ शुक्रबार  ४ : १९ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]