असार २१, २०८२ शनिबार

एनवाईइएफ झापा च्याप्टरको अध्यक्षमा गणेश पौडेल चयन

बिर्तामोड । नेपाली युवा उद्यमी मञ्च (एनवाईइएफ) झापा च्याप्टरको अध्यक्षमा युवा व्यवसायी गणेश पौडेल सर्वसम्मत निर्वाचित भएका छन् । शुक्रवार साँझ एचएमसीमा भएको दोस्रो साधारणसभाले पौडेलको नेतृत्वमा नयाँ समिति चयन गरेको हो ।

झापा च्याप्टरका संस्थापक अध्यक्ष प्रवेश बस्नेतले नयाँ समितिको नाम घोषणा गरेका थिए । समितिको प्रथम उपाध्यक्षमा मिजास पोखरेल,द्वितीय उपाध्यक्ष सुरज चौधरी र सदस्यहरुमा अजित ढुङगाना, विशाल विमली, मनिष साहेवाला, विकास अग्रवाल, आशिष शर्मा, आयुश बजगाई, उत्सव उप्रेती, समाली मैनाली, निरज चौधरी चयन भएका छन् ।

कार्यक्रमका अध्यक्ष डा. रुपेशजंग बेलबासेले आफ्नो कार्यकालमा गरेका सामाजिक कामहरुको जानकारी गराएका थिए । युवा उद्यमीहरुसँग छलफल अन्तरक्रिया, विद्यार्थीहरुलाई सहयोग, स्वास्थ्य शिविरहरु सञ्चालन गरिएको उनको भनाई छ ।

नवनिर्वाचित अध्यक्ष पौडेलले प्रतिवद्धता मन्तव्य दिदैं झापा च्याप्टरका गतिविधिहरुलाई थप प्रभावकारी बनाइने बताए । उनले स्थानीय उद्यमशिलताको प्रवद्र्धनका लागि योगदान गर्दै जाने प्रतिवद्धता जनाए ।

पूर्वअर्थमन्त्री एव्म नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पराज पराजुली, एनवाईइएफका राष्ट्रिय अध्यक्ष कुशल सुन्दर श्रेष्ठ, उधोग वाणिज्य संघका केन्द्रीय सदस्य दिपक नेपाल, बिर्तामोड उधोग वाणिज्य संघका अध्यक्ष राजु न्यौपाने, महिला उधमी शर्मिला अधिकारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

युवा उद्यमी एव्म बिर्तामोड उधोग वाणिज्य संघका महासचिव कुशल खतिवडाले सञ्चालन गरेको कार्यक्रममा संस्थापक अध्यक्ष प्रवेश बस्नेतले स्वागत गरेका थिए ।

प्रकाशित मिति : असार २१, २०८२ शनिबार  ९ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]