असार २६, २०८२ बिहीबार

करेन्ट लागेर एक जनाको मृत्यु

भद्रपुर – यहाँको बुद्धशान्ति गाउँपालिका–३, सयपत्री टोलका ३९ वर्षीय रोशन जिमीको करेन्ट लागेर मृत्यु भएको छ ।
प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार जिमीलाई आज साँझ ७ बजे घर नजिकै रहेको आफ्नै खेतमा रोपाइँका लागि पानी तान्ने क्रममा मोटर सेट जडान गर्दै गर्दा अचानक करेन्ट लागेको थियो ।
स्थानीयवासीले गम्भीर घाइते उनलाई तुरुन्तै उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पु¥याएका थिए । तर, उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रनाउ खड्काले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : असार २३, २०८२ सोमबार  ८ : १० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]