हजुरबुबा बिनाको पहिलो दसैँ : खुसीको पर्वमा सम्झनाको रिक्तता

मुना सापकोटा दसैँ फेरि आएको छ, तर यसपटक घरको आँगनमा उही उल्लास भए पनि मनभित्रको खुसी अधुरो छ । हरेक वर्ष दसैँले परिवारमा मिलन, उमङ्ग र खुसी लिएर आउँथ्यो, तर यस वर्ष त्यही दसैँले एक प्रिय अभिभावकको अभावलाई झनै गहिरोसँग महसुस गराएको छ । जुन आँगनमा उहाँको उपस्थितिले आत्मीयता थपिन्थ्यो, जुन क्षणमा उहाँको आशीर्वादले खुसीलाई…