बैशाख ६, २०८१ बिहीबार

मृत्युसँग जुधिरहेकी बुद्धशान्तिकी मनिषालाई सहयोगको खाँचो

बुद्धशान्ति । झापा बुद्धशान्ति–४ की २० वर्षीया मनिषा ग्याङमी मगरको दुवै मृगौलाले काम गर्न छाडेको छ । उनलाई डाक्टरले तत्काल मृगौला फेर्नुपर्ने बताएपछि आर्थिक रुपले विपन्न उनको परिवार यतिवेला समस्यामा परेको छ ।


नोवेल मेडिकल कलेज विराटनगरमा आइसीयू कक्षमा उनको उपचार भईरहेको र डाइलोसिस जारी रहेको उनका काका नेत्रप्रसाद ग्याङमी मगरले जानकारी दिएका छन् । बुद्धआदर्श मावि बुधबारेबाट कक्षा १२ सकेकी मनिषाको आर्थिक अभावका कारण बाँकी उपचार गर्न गाह्रो परिरहेको परिवारले बताएको छ ।


‘खाउँ–खाउँ, लाउँलाउँ’ को उमेरमा मनिषाको मृगौला खराव भएको डाक्टरले बताएपछि हामी आत्तिएका छौं, के गरौं कसो करौं भएका छौं – मनिषाका काका नेत्रप्रसादले भने ‘आर्थिक अवस्था अत्यन्त्यै कमजोर भएपछि उनका बुबा कमाउन विदेश गएका छन्, यो खवरले सबैलाई यतिवेला रुवाइ रहेको छ ।’


उनले मनिषाको उपचारका लागि नेपाल तथा भारतका विभिन्न अस्पताल जाँदा हालसम्म धेरै पैसा खर्च भएको बताएका छन् । मनिषाको जिवन रक्षा गरी दिन परिवारले छरछिमेक, आफन्त, सहयोगी मनसँग अनुरोध गरेको छ । ‘आर्थिक अवस्था कमजोर भएकै परिवारमा यतिठूलो बज्रपात आउँदो रहेछ – मनिषाकी काकी सीता ग्याङमी मगरले भनिन् ‘सबैलाई सहयोग गरिदिएर छोरीको जिवन रक्षा गरिदिनुहुन विन्ति गर्छु ।’


४ महिना अघि मनिषालाई सामान्य स्वास्थ्य समस्या देखा परेको थियो । त्यतिवेला खुट्टा सुन्निने, आँखा सुन्निने समस्या देखियो उनलाई । अहिले उनी नोवेल मेहिकल कलेज विराटनगरमा मृत्युसँग जुधिरहेकी छिन् ।

प्रकाशित मिति : जेष्ठ २१, २०७६ मंगलबार  ११ : ३४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]