जेष्ठ १, २०८२ बुधबार

बालबालिकालाई राष्ट्रप्रेमी बनाउन जरुरी : प्रम

काठमाडौ। प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय र विश्वविद्यालयका पाठ्यक्रममा स्काउट शिक्षालाई राखेर बालबालिकालाई सक्षम, स्वावलम्बी र राष्ट्रप्रेमी बनाउन जरुरी भएको बताउनुभएको छ ।

देशभरका विद्यालय र स्थानीय तहमा स्काउट अभियानको विकास र विस्तारका लागि आवश्यक कार्य गर्न सम्बद्ध निकायलाई प्रधानमन्त्री ओलीले आह्वान समेत गर्नुभयो । नेपाल स्काउटको ६९आँैं स्थापना दिवसको अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले यस्तो धारणा व्यक्त गर्नुभएको हो ।

उहाँले विपद् व्यवस्थापन कार्यका लागि समेत स्काउटलाई थप व्यवस्थित र दक्ष बनाउँदै गाउँगाउँमा ‘फस्ट रेस्पोन्डर’को रूपमा परिचालित गरिने बताउनुभयो । नेपाल स्काउटमा आबद्ध अनुशासित नयाँ पुस्ताका प्रयासले जीवनमय र उर्वर देशलाई सम्पन्न बनाउन मद्दत पुग्ने अपेक्षा उहाँले
व्यक्त गर्नुभयो ।

विकास र समृद्धिको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न स्काउटको अनुशासन, एकता र तालबद्ध प्रयास सहयोगी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । बालबालिका तथा युवामा शारीरिक, बौद्धिक, सामाजिक, आध्यात्मिक र मनोसंवेगात्मक भावनाको विकास गराई राष्ट्र निर्माणमा समर्पित गराउने उद्देश्यसाथ सन् १९०७ बाट विश्वमा स्काउट अभियान सुरु भएको हो । नेपालमा विक्रम संवत् २००९ मा स्काउट अभियानको सुरुवात भएको थियो ।

प्रकाशित मिति : असार ५, २०७७ शुक्रबार  ८ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]