बैशाख ८, २०८१ शनिबार

कोभिड–१९ र आर्थिक क्षेत्रमा परेको प्रभाव

अशोक खतिवडा

नेपाल एक विकाशील मुलुक, विकास र संमृद्घिको जगको थालनी अवस्थामा संमृद्घिको आधरशीलको ढाड नै भाचिने गरि विश्व समुदाय नै थिलथिले पार्ने गरी कोभिड महामारीले भयावह रुप लिइसकेको छ । सम्पूर्ण क्षेत्र शिक्षा, स्वास्थ्य, उधोग, कलकारखाना, कृषि, पर्यटन, वित्तिय क्षेत्र, यातायात, व्यापारलाई प्रत्यक्ष असर पारेको छ, जनजीवन एकदम कष्टकर बनाएको छ । लकडाउन एउटा जनसंम्पर्क कम गर्ने र संक्रमण कम गर्ने उत्तम विकल्प हो तर यसले जनस्तरमा दीर्घकालीन रुपमा झन समस्यामा पार्ने कुरामा दुई मत छैन । तसर्थ निश्चित समय पश्चात लकडाउनलाई नीतिगत तवरबाट नै बृहत योजना बनाएर सुरक्षा र जनजीविका दुवै कुरालाई ख्याल गनुपर्ने आवश्यकता टड्कारो छ ।

साधारण अवस्थामा समेत नेपाल परनिर्भर हुनुपरको अवस्था र यस्तो महामारीले झनै व्याप्त पारेको अवस्थालाई चित्रण गर्ने हो भने पनि व्यापार घाटाको अवस्था नाजुक रहेको छ । साधारण अवस्थामा तुलनात्मक हिसाबले आयत निर्यातको अवस्था हेर्दा वार्षिक ४ खर्बको व्यापारघाटा विभिन्न तथ्याकंहरुले देखाउछ । नेपालका प्रमुख औधोगिक उत्पादन जस्तै चियाकफि, कार्पेट टेष्टाईल, मेनमेड स्टेबल फाईबर, लुगा कपडा, फलफुल जुस ईयादी रहेका छन् र जस्को निर्यात करिब ३५ अर्ब ९६ करोड वार्षिक रहेको छ भने आयातित बस्तुको विवरण हर्ने हो भने प्रमुखत पेट्रोलियम पदार्थ, आइरन स्टिल, ठुला मेसिन इलेकट्रिकल सामान, गाडिहरु इत्यादी रहेका छन् । जस्को आयात रकम लगभग वार्षिक ४ खर्ब ७९ अर्ब रहेको छ यस तथ्यलाई साधारण आकलन गर्दा पनि व्यापार घाटाको पल्ला ठुलो रकममा भारी रहेको छ ।

यस महामारी र लकडाउनको सन्दर्भमा पनि मासिक लगभग १० अर्ब बराबरको पेट्रोलियम पदार्थ मात्र आयात भएको अवस्थामा निर्यात ठप्प जस्तै छ । यस अवस्थालाई हेर्ने हो भने कृषिमा आधारित कच्चा पदार्थ खेत बारीमै नष्ट भएको छ । लकडाउनको मोडल केहि परिवर्तन गरेर निश्चित मापदण्ड सहित उधोग आंशिक रुपमा सञ्चालन गरेपनि औधोगिक उत्पादन भण्डारन गृहमा नै थन्काउनु परेको बाध्यता हामी माझ छ । यसले प्रत्यक्ष मारमा कृषक, मजदुर र व्यवसायी परेका छन् । आन्तरिक व्यपार समेत अभाव, एकाधिकार जस्ता कुराले समस्याग्रस्त छन् ।

कोभिड–१९ विश्व समुदायमा अभिसाप नै बनेको अवस्थामा यसले सन् १९३० तथा सन् २००८/२००९ को आर्थिक मन्दी भन्दा भयावय भएको छ । विभिन्न मुलुकले ठूलो मात्रामा रोजगारी कटौती गर्ने अवस्था आएको छ । शक्ति सम्पन्न राष्ट्र अमेरिकाले करिब १ करोड रोजगार कटौती गनुपर्ने अवस्था आकलन भएको छ । यसै गरि छिमेकी मुलुक भारतमा सबैभन्दा बढि गरिबीको अवस्था आएसँगै विश्वमा ४ देखि ६ करोड जनसंङख्या गरिब हुने अवस्थासँगै नेपालमा नेपाल भित्रै लगभग बीस हजारले रोजगारी गुमाउने प्रक्षेपण गरिएको छ । यसैसँगै नेपालको आय स्रोतको मेरुदण्डको रुपमा रहेको विप्रेषण या कि रेमिटेन्स ठुलो परिणामा घट्ने अवस्थामा रहेको र वैदेशिक रोजगारीमा ठूलो संकट आउने कुरा निश्चित जस्तै रहेको छ । यसै गरी पर्यटन व्यवसाय, होटल व्यवसाय लगायतका क्षेत्र समेत संकटमा परेका छन् । कृषि क्षेत्र समेत यस महामारीले गर्दा मल बीउ, उपकरण तथा उचित बजारको अभावमा गुज्रिएको छ ।

समग्र अवस्थालाई मध्यनजर गर्दा आम विश्व जगत् नै कोरोनाको भुमरीबाट जति सक्दो क्षति कम गर्ने तथा संकट मोचन गर्ने, लडाई तथा उपायको खोजिमा रहेका छन् । यसै मेसोमा नेपाल जस्तो विकाशील मुलुकले पनि जिम्मेवारी हिसाबले यस प्रकोपको लडाईमा संवेदनशील भएर जनताको स्वाथ्य तथा जनजीविका विषयलाई मुखरित गर्नुको विकल्प छैन । जसको लागि तीनै तहका सरकारले बृहत योजना अन्तर्गत स्वास्थ्य सुरक्षाको उपलब्धताको कुरा व्यवस्थित गर्ने, विदेशमा रहेका नागरिकको स्वदेश फिर्ता प्रक्रिया तथा तिनको स्वास्थ्य तथा रोजगारीको व्यवस्थापन, युवाहरुलाई रोजगारको व्यवस्थापन, घरेलु उधोगहरुको प्रर्बद्धन, खानीहरुको उत्खन्न, जलविधुतको उत्पादनमा बढवा, स्वदेशी कच्चा पदार्थमा आधारित कलकारखानाको स्थापना, विकासको पूर्वाधारहरुको तीव्र निमार्ण, कृषि उत्पादनलाई अर्गानिकरण गर्ने, तरकारी–फलफूल तथा कृषि जन्य उत्पादनामा आत्मनिर्भरताका कुराहरुलाई गम्भीर ढङ्गले संम्बोधन गरेर नीति तथा कार्यक्रममा व्यवस्थित गदै कार्यान्वयन गनुपर्छ ।

प्रकाशित मिति : असार १६, २०७७ मंगलबार  ५ : ५० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]