माघ ८, २०८१ मंगलबार

विदेशीसँगको विहेले नेपाली चेली हिंसामा

काठमाडौं । चीनमा चार वर्ष आठ महिना बन्दीजस्तै भएर बसेकी सुनिता तामाङ (परिवर्तित नाम) नेपाल फर्कन सफल भएकी छन् । चिनियाँ नागरिकसँग बिहे गरेर चीन आएकी उनी चरम घरायसी हिंसामा परेकी थिइन् ।


उनलाई नेपालमा आफन्त र चीनमा बस्ने अन्य नेपालीसँग पनि सम्पर्क र बोलचाल गर्न बन्देज लगाइएको थियो । सुनिताको स्थायी घर सिन्धुपाल्चोक हो ।


काठमाडौँमा आमा र बहिनीसँग बसेर पढ्दै गरेकी उनलाई केही दलालले चीनको हङकङमा काम गरेर चाँडै धनी हुने सपना देखाए । बुबा अर्को बिहे गरी छुट्टै बस्दै आएकाले सुनिता उनकी आमा र बहिनीले कठिन जीवन बिताइरहेका थिए ।


हङकङ गएर पैसा कमाउने र घरपरिवारलाई पनि केही आडभरोसा दिने सपना बोकेर चिनियाँ युवकसँग बिहे गरेर आएकी सुनिता चार वर्ष आठ महिनासम्म चरम हिंसा र दमन सकेर खाली हात नेपाल फर्किएकी छिन् । यो समाचार आजको नागरिक दैनिकमा चेतनाथ आचार्यले लेखेका छन् ।

प्रकाशित मिति : जेष्ठ २५, २०७६ शनिबार  ९ : ५१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]