जेष्ठ १, २०८२ बुधबार

बिर्तामोडकी उपमेयर ‘सिधा कुरा जनतासँग’ विरुद्ध अदालत जाने

बिर्तामोड । सिधा कुरा जनतासँगले आफुमाथि भ्रमपूर्ण आरोप लगाएको बिर्तामोडकी उपप्रमुख पवित्रादवी महतरा प्रसाईले बताएकी छन् । उनले सिधा कुरा जनतासँगको कार्यक्रममा प्रस्तुत भएको घटना विश्वास योग्य नरहेको उनको भनाई छ ।

बिर्तामोडमा आन्दोलनका क्रममा गोली लागेर घाइते भएका मणि नेपालीको श्रीमतिलाई जोडेर आफुमाथि गम्भीर आरोप लगाएको भन्दै उपमेयर प्रसाईले अब कानुनी बाटो रोज्ने बताएकी छन् । उनले मणि नेपालीको श्रीमतिलाई चोरीको आरोप लगाएर घरमा कामबाट निकालेको सिधा कुराको कार्यक्रममा प्रस्तुत गरिएको थियो । उनले टिभी कार्यक्रममा देखाएको जस्तो कामबाट ननिकालेको उपमेयरले स्पष्ट पारिन् । उनको घरबाट औठी हराएपछि पछि नेपालीको श्रीमतिले नै आफुलाई घरमा ल्याएर औंठी दिएको र अहिलेसम्म सम्पर्कमा समेत नआएको जानकारी दिइन् । उपमेयर प्रसाईले भनिन्, मैले चोरीको आरोप पनि लगाएको छैन, कामबाट निकालेको पनि होइन । तर, मलाई रवि लामिछानेको समूहले गलत आक्षेप लगायो , म त्यसका विरुद्ध अदालत जान्छु ।

सो कार्यक्रममा प्रसारण भएको भ्रमपूर्ण तथ्यलाई सोहि कार्यक्रमबाट स्पष्ट पार्न समेत नदिएको उनको भनाई छ । सिधा कुरा कार्यक्रम कति सथ्य हुदो रहेछ भन्ने कुरा यो पटक आफैले थाहा पाए, उनले थपिन् । दुई वर्षदेखि घरमा काम गर्न नआएको विषयलाई यतिबेला बाहिर ल्याउनुमा नियत देखेको प्रसाईको भनाई छ ।

काम गरेको पैसा नदिएको भनेर आफ्नो बद्नाम गर्न खोजेको भन्दै उपमेयर प्रसाई पत्रकार सम्मेलनका क्रममा भनिन्, मैले १ गते तलव दिएको थिए । ४/५ गतेदेखि उनी आफै आउन छोडिन् । उनले घटनाका बारेमा पटक–पटक सत्यतथ्य बताउने भन्दा पनि अहिलेसम्म सो समुह सम्पर्कमा नआएको जानकारी दिएकी छन् ।

प्रकाशित मिति : श्रावण ६, २०७७ मंगलबार  ४ : २२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]