थप १०९ जना कोरोना पुष्टि , १३०५३ जना डिस्चार्ज
बिर्तामोड । पछिल्लो २४ घण्टामा थप १०६ जना कोरोना संक्रमणमुक्त भएका छन्। देशका विभिन्न स्थानका आइसोलेसन सेन्टर तथा अस्पतालबाट निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। योसहित नेपालमा हालसम्म १३ हजार ५३ उपचारपछि निको भएका छन्।
विगत २४ घण्टायता नेपालमा थप १ सय ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।
पछिल्लो पटक थपिएकासहित नेपालमा संक्रमितको संख्या १८ हजार ४८३ जना पुगेको छ। हाल ५ हजार ३ सय ८५ जना संक्रमितको उपचार भइरहेको छ।
हालसम्म नेपालमा ४५ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।