श्रावण २१, २०७७ बुधबार

नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघ्यो, शनिबार ३१५ जना थपिए

 नेपालमा कोरोना संक्रमितको संख्या २० हजार नाघेको छ। पछिल्लो २४ घन्टामा नेपालमा थप ३१५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २० हजार ८६ जना पुगेको छ।

शनिबार थप ९३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १४ हजार ४ सय ९२ जना उपचारपछि निको भएका छन्। 

नेपालमा हालसम्म ५६ जना संक्रमितको मृत्यु भएको छ। पछिल्लो २४ घन्टामा ४ जना संक्रमितको मृत्यु भएको हो।

प्रतिक्रिया दिनुहोस्

इजलास डटकम

बिर्तामोड,झापा
सम्पादक – प्रदीप परियार
दर्ता नम्बर : १६९६५४/७३/०७४
टाइम्स मिडिया नेटवर्क प्रालिद्वारा प्रकाशित ‘इजलास दैनिक’को आधिकारिक वेबसाइट