चैत्र १५, २०८० बिहीबार

नेकपाभित्रको किचलो र प्रधानमन्त्रीका कमजोरी

बद्री भट्टराई

हाल नेपालको राष्ट्रिय राजनीति ने.क.पा.को वरिपरि घुमिरहेको छ ।ं किनकि पछिल्लो निर्वाचन पछि संघीय संसदमा ने.क.पा.को झण्डै दुई तिहाई बहुमतको सरकार छ । सरकारको सफलता असफलतासँग ने.क.पा.को भविष्य पनि सँगसँगै जोडिएको छ । सरकारले मुलुकका जल्दा बल्दा समस्या , राष्ट्रिय आवश्यकता ,जनताका जीविकासँग जोडिएका सवालहरु , उत्पादन मुखी शिक्षा प्रणाली ,स्वाास्थ्य ,रोजगारी सृजना गरी युवाहरुको विदेश पलायनमा रोक ,दैनिक उपभोग्य बस्तुको उत्पादन, अभूतपूर्व राष्ट्रिय स्वाभिमान र एकता , सिघ्र चौतर्फी विकास ,शान्ति अमन चयन कायम , भोक, रोग अनि विपत्तिको यथा सम्भव नियन्त्रण ,भ्रष्टाचार नियन्त्रण उचित न्याय सम्पादन, निर्वाचन ताका आफैले जनता सामु गरेका वाचा लगाएतका लोककल्याणकारी कार्य सम्पादनमा अभूतपूर्व उपलब्धि हासिल गर्न सक्दा र यसको यथोचित प्रचार प्रसार स्वयम् सत्तारुढ दल ,यसका नेता कार्यकर्ताले विना हिचकिचाहट गर्न सक्दा सरकार एवम् सत्तारुढ दल असाघारण ढंगबाट जनतामा स्थापित हुन्छ ।

वर्तमान निर्वाचन प्रणालीका बावजुद ने.क.पा.ले निर्वाचन ताका नेपाली जनताको अभूत पूर्व एवम् अपार समर्थन र माया पाएको हो । जनअपेक्षा अनुरुप सरकारको नेतृत्व पनि भए मध्येको असल ब्यक्तित्वले र्नै प्राप्त गरेको हो । समय र नेपालको बजेटको सिमालाई मध्यनजर गरी हेर्दा विकास ,राष्ट्रिय स्वाभिमान ,जनजीविका, शिक्षा ,स्वास्थ्य , रोजगार ,राष्ट्रिय उत्पादन ,वेघरवारकालागि घर ,अन्तराष्ट्रिय सम्बन्ध र ब्यापार ,भ्रष्टाचार नियन्त्रण ,राष्ट्रिय उद्योगधन्दाको यथोचित विकास ,रोग, महामारी, बाढी पहिरो नियन्त्रण लगाएतका वर्तमान सरकारका कदम ,प्रतिबद्धता र दृढ ईच्छा शक्तिलाई सिंहावलोकन गर्दा वर्तमान सरकार एकपछि अर्को सफलता हासिल गर्दै सदिएको म्याराथुन धावक झैं अग्रगतिकासाथ दौडिरहेको प्रतीत हुन्छ । गर्व गर्न लायक सरकारका कामकारवाहीबाट राष्ट्रिय अन्तराष्ट्रिय प्रतिक्रियावादीहरु, पुनरउत्थानवादीहरु ,प्रतिपक्षीहरु त मुर्छित भएकै छन् र हुनुपर्ने नै हो । विडम्बना ! सत्ताको स्वाद र सस्वादन गर्न नपाएको ,आफ्नो फेर समाउनेहरु ,आफन्त जनको ब्यवस्थापन र कोनि को कान्छी नानीको के पर्ने लगायतकाहरको ब्यवस्थापन गरिदिन नपाएको झोंकमा जनताको अपार माया र समर्थन प्राप्त सरकार र महाधिवेशन सम्म पार्टीको यो जेट विमान सफल अवतरण गर्ने जिम्मेवारी प्राप्त नेतृत्वको वरखिलाप गर्ने जो कोही जनता र राष्ट्रका असल मित्र त के बाटो हिड्दै जाँदा भेटिएको अप्ठेरो पर्दा एक क्षण हिड्ने सहयात्री पनि भन्न लायक देखिदैनन् ।

वर्तमान सरकार आफ्ना समाजवाद उन्मुख नीति तथा कार्यक्रमका साथ अगाडि बढीरहेको देखिन्छ । बैंक लुटेर आफ्नो हाताहाती समाजवाद प्राप्त गरिसकेका कतिपय, जसलाई समाजवाद कुन चरीको नाम नै थाहा छैन , तिनीहरुले यो कोणबाट सरकार माथि जाईलाग्ने अर्को अध्याय सरु गर्दै छन् । यो सरकार पुँजिवादी सरकार रे ! यसका नीति तथा कार्यक्रम पुँजीवादी छन् रे ? राज्यले पँुजिवादी क्रान्ति सम्पन्न नगर्दै कम्युनिष्टहरुको संलग्नतामा वा अझ भनौ अगुवाईमा वर्तमान व्यवस्था प्राप्त भएको हुनाले आज यो सरकारले राष्ट्रको पुँजी निर्माण गर्दै अगाडि बढ्नु पर्ने परिस्थिति छ । माक्र्सवादी बुझाईमा यो वर्तमान खाले क्रान्ति त पुँजीवादीहरुले सम्पन्न गरिसक्नु पर्ने थियो । उनिहरुले सकेनन् । त्यो अभिभारा समेत कम्युनिष्टहरुले वहन गरिरहेको वर्तमान परिप्रेक्षमा साच्चैका कम्युनिष्ट हौं भन्ने तर दर्शनका नाममा धेरै नबुझेका ठेट्नाहरुलाई यो सरकार पुँजीवादी शैलीको हो भने जस्तो लाग्नु स्वभाविक नै हो । माक्र्सवादले स्पष्ट रुपमा कुनै पनि मुलुकमा पुँजीवादी क्रान्ति सम्पन्न नभईकन समाजवादमा प्रवेश गर्न सकिदैन भनेर दिशा निर्देश गरेको छ ।

०६२/६३ मा सम्पन्न क्रान्ति पनि पँजीवादी जनवादी क्रान्ति नै हो । यो व्यवस्थाको चरित्र नै नेपालको सन्दर्भमा भन्ने हो भने वा यस्तै प्रकारको मुलुकमा हुने वा भएका क्रान्ति पछि केही पुँजी निर्माणको प्रक्रियाका र केही समाजवादी चरित्रका कार्यक्रमहरु समावेश भएका नीति तथा कार्यक्रम हुन्छन् नै । वास्तविकता यस्तो हुदाहुँदै सरकारका विरुद्ध यो किसिमबाट खनिनु दर्शनको बुझाईको दरिद्रता सिवाय केही हुन सक्दैन । कि त सरकारलाई जसरी पनि खुईल्याउनु पर्छ भन्ने पूर्वाग्रहले ग्रसित भई गरिएको फगत आलोचना मात्र हो ।

वर्तमान सम्माननीय प्रधानमन्त्री एवम् ने.क.पा. अध्यक्ष केपी शर्मा ओलीले यसअघि दुईवटा गल्ति गरिसकेका छन् । पहिलो , दुई पार्टीहरुको एकताका सन्दर्भमा जम्मा २५ प्रतिशत सदस्य लिएर आफुसँग एकता हुन आउने पंक्तिलाई नेतृत्वमा ४० प्रतिशत हिस्सा दिनु । कुनै दिन आफुमाथि मोर्चाबन्दी गर्दै आउन सक्ने सम्भावनाको ख्याल नगर्नु । बढी विश्वस्त हुनु । दोश्रो ,पार्टीको सैद्धान्तिक ,वैचारिक कामलाई मसिनो गरी गर्न सक्ने शंकर पोख्रेल ,प्रदिप ज्ञावलीहरु दुवैलाई मन्त्री बनाउनु । वहाँहरु मध्ये कुनै एकलाई पार्टीको वैचारिक र सरकारले गरेका ,गर्दै गरेका र निकट भविष्यमा गरिने राम्रा कार्यहरुको युद्धस्तरमा प्रचार प्रसारका लागि तथा भविष्यमा गरिने नेतृत्व हस्तान्तरणका लागि तयारी अवस्थामा राख्नका निम्ति रिजर्व राख्न नसक्नु । यसको अभावमा सरकार विरुद्ध गरिएका तमाम हमलाहरु बलशाली बन्न पुगे । हालसालै पनि सम्माननीय प्रधानमन्त्री ज्युले अर्को गल्ती गर्दै हुनुहुदैछ भन्ने बजार हल्ला आई सकेको छ । त्यो हो , महाधिवेशन पूर्व नै नेतृत्वको उधारो सम्झौता अनि पार्टीको वैचारिक लाइनमाथिको सम्झौता । सन्निकट महाधिवेशनको नेतृत्व र वैचारिक प्रश्न वाहेकका सम्झौता गरेर पार्टीको सम्भावित दूर्घटना टार्न अग्रसर पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री ज्युलाई बधाई एवम् धन्यवाद भन्नै पर्छ । त्यस वाहेक अन्य महत्वपूर्ण सवालमा सम्झौता गर्न खास गरी भावी नेतृत्व र विचारका वारेमा सम्झौता गर्न खोजिएको हो भने यसो गर्न प्रधानमन्त्री वा पार्टीको सचिवालय वा त्यो भन्दा माथिका कुनै पनि कमिटीलाई अधिकार छैन । सम्झौता गराएर आत्मरतिमा रमाउनुको पनि कुनै औचित्य छैन । जसले सम्झौता गर्छ उसले कार्यकर्ताको भावनामा चोट पुर्याउँछ । जस्ले सम्झौता गरिमाग्छ उसले पुनः पछारिनु निश्चित छ । खवरदार !

प्रकाशित मिति : भाद्र १, २०७७ सोमबार  ६ : ५४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]