आकर्षक छ ‘ओली एक्सप्रेस’ (तस्वीरहरु)
बिर्तामोड । रेलवे विभागले भारतसँग खरिद गरेको रेलको दुई सेट शुक्रवार नेपाल आइपुग्दै छ । रेल ल्याउने कुरा गर्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई तल्लो तहसम्म उत्रिएर कांग्रेस निकट युवाहरुले उडाएका थिए । उनीहरुले कागजको रेल बनाएर ओली एक्सप्रेस समेत लेखेका थिए । तर, ओलीले घोषणा गरे अनुरुप रेल ल्याइछाडेका छन् ।
एउटा इन्जिन र चार वटा बोगीसहितको दुई सेट रेल शुक्रवार अपराह्नसम्म जनकपुर आइपुग्ने रेलवे विभागले जनाएको छ ।
नेपालका लागि दुई सेट रेल खरिद गर्न रेल विभागले भारतको सरकारी रेलवे कम्पनी कोंकण रेलवेज कर्पोरेसन लिमिटेडसँग गत वर्षको वैशाख २६ मा खरिद सम्झौता गरेको थियो ।







