बैशाख ३१, २०८१ सोमबार

झापा कारागारमा आजैबाट दुई सय बेडको आइशोलेसन सञ्चालनमा ल्याइने

बिर्तामोड । झापा जिल्ला कारागारमा कोरोना संक्रमित बढ्न थालेपछि सुरक्षा जोखिम बढेको छ । कारागारमा कैदीवन्दी, प्रहरी र कर्मचारीसहित संक्रमितको संख्या ११ पुगेको छ ।
कोरोना संक्रमण पूर्व देखिने लक्षण भएका र दिर्घरोगी धेरै कैदीवन्दी भएकाले थप संक्रमण बढ्ने अनुमानका साथ कारागारमा आइशोलेसन निर्माण थालिएको छ । उनीहरुलाई आजै अलग्गै राख्ने तयारी गरिएको छ ।

कारागार प्रशासनले दुई सय बेड क्षमताको आइशोलेशन निर्माण सम्पन्न हुन लागेको जनाएको छ । आजै सम्पन्न गरेर आइशोलेसन सञ्चालनमा तयारी गरेको कारागार प्रशासनले जनाएको छ । जिल्ला सुरक्षा समितिको अनुमति पछि आइशोलेसन निर्माणको काम थालेको कारागार प्रमुख राजेन्द्र कुमार गौतमले जानकारी दिए । आइशोलेसन निर्माण पछि जोखिम घट्ने विश्वास गरिएको छ । कारागारभित्र आवश्यक सतर्कताका लागि सबै काम भइरहेको गौतमको भनाई छ ।

उनले आजैबाट दिर्घरोगी, संक्रमण जोखिममा रहेका अन्य विरामीहरुलाई समेत आइशोलेसनमा राखिने जानकारी दिए । गौतमले भने, ठाउँ अत्यन्तै साँगुरो छ, त्यसैले जोखिम धेरै छ ।
कारागारमा पछिल्लो समय भेटघाट समेत बन्द गरिएको बताइएको छ । फलफुल र औषधि बाहेकका अन्य सामग्री समेत आयात गर्न रोकिएको जेलर गौतमले जानकारी दिए ।

प्रकाशित मिति : आश्विन ११, २०७७ आईतबार  ९ : २४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]