बैशाख ७, २०८१ शुक्रबार

बोल्न नपाएपछि प्रधानमन्त्री आक्रामक, ५ बजे पत्रकारलाई निम्तो

काठमाडौँ । काँग्रेस सांसदले संसदमा बोल्न नदिएपछि प्रधानमन्त्री केपी ओलीले आज विशेष पत्रकार सम्मेलनमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने भएका छन् ।
प्रधानमन्त्रीका प्रेश संयोजक चेतन अधिकारीले मङ्गलबार बेलुका ५ बजे सिंहदरवारमा पत्रकार सम्मेलन आयोजना गरेको जानकारी दिए ।


प्रधानमन्त्रीको हालै सम्पन्न भएको युरोप भ्रमण र विभिन्न विधेयकहरुमा देखिएको विवादबारे प्रधानमन्त्रीले आज संसदलाई जानकारी गराउन समय लिएका थिए । तर, काँग्रेस सांसदले प्रमुख प्रतिपक्षलाई पहिला बोल्न दिनुपर्ने भन्दै संसद अवरुद्ध गरेपछि रोष्टममा पुगेका प्रधानमन्त्री सम्बोधन नगरी फिर्ता भएका थिए ।

प्रकाशित मिति : असार ३, २०७६ मंगलबार  २ : ०२ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]