बैशाख ८, २०८१ शनिबार

थप १२ जनाको मृत्यु, मृतकको संख्या ७२७ पुग्यो

काठमाडौं– पछिल्लो २४ घन्टायता १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ७ सय २७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि शुक्रबार २१ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। 

नेपालमा कुल संक्रमितमध्ये ३८ हजार ७ सय ३७ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा १५ हजार ४ सय ३८ जनाको पिसिआर परीक्षण भएको छ।

योसँगै पिसिआर परीक्षण हुनेको संख्या १२ हजार ६९ हजार ६ सय ५ पुगेको छ। हाल ४ हजार ७ सय १५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ। 

प्रकाशित मिति : कार्तिक १, २०७७ शनिबार  ४ : ४५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]