बैशाख १३, २०८१ बिहीबार

बिर्तामोड लकडाउन गर्ने निर्णय भएको छैन : प्रवक्ता पाण्डे

बिर्तामोड । बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नी पाण्डेले बिर्तामोड लकडाउन गर्ने कुनै निर्णय नभएको बताएका छन् । उनले इजलाससित कुरा गर्दै लकडाउन बारे कुनै निर्णय नभएको जानकारी दिए ।

आज राती १२ बजेदेखि बिर्तामोड पुनः लकडाउन हुने समाचारले सर्वसाधारणलाई भ्रममा पारेको छ । सो सूचनाको खण्डन गर्दै प्रवक्ता पाण्डेले त्यसमा कुनै सत्यता नभएको बताए ।
शुक्रवार बिर्तामोड नगरपालिकाले जारी गरेको सूचना बाहेक अर्को निर्णय नभएको उनको भनाई छ । केहि वडा र नगरपालिकाको अत्यावश्यक सेवा बाहेक अन्य काम मात्रै बन्द गरिएको प्रवक्ता पाण्डेले जानकारी दिए । उनले गलत सूचनाको भ्रममा परेर थप अफवाह नफैलाउन आग्रह समेत गरेका छन् ।

प्रकाशित मिति : कार्तिक १, २०७७ शनिबार  ७ : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]