बैशाख २६, २०८१ बुधबार

आज फूलपाती भित्र्याइँदै

काठमाडौँ । नवरात्रको सातौँ दिन शुक्रबार घटस्थापना गरिएको स्थानमा फूलपाती भित्र्याइँदै छ । दारिम, कटुुस, उखु, अदुवा, केराको पातसँगै पुष्पगुच्छा सहितको यो फूलपातीलाई स्वच्छ र शुद्ध रहेर घटस्थापना गरिएको स्थानमा अर्पण गरिन्छ ।

हनुमानढोका दरबारस्थित दशैँघरमा शुक्रबार करिब सवा तीन बजे गोरखाबाट धादिङको धुनीबेँसी हुँदै जमलमा आशागुर्जा र कल्स्यौँडी सहितको फूलपाती ल्याइनेछ । त्यसलाई हनुमानढोका दरबारबाट स्वागतका लागि आएको सरकारी टोलीले दशैँघरमा फूलपाती भिœयाउने तय भएको नेपाली सेनाको शार्दुलजङ््ग गुल्मपति विकास शाक्यले जानकारी दिनुभयो ।

कोरोनाबाट बचाउ गर्दै थोरै कर्मचारी यो समारोहमा सहभागी हुँदैछन् । अमालकोट कचहरी कार्यालयको तुलजा भवानीमा पनि अमालका द्वारेबाट फूलपाती भित्र्याइँदैछ । यसैबीच योपल्ट वर्षको एक दिन महानवमीका दिन सर्वसाधारणका लागि खुला हुने हनुमानढोकास्थित तुलजा भवानी यसपालि कोरोनाकै कारण खुल्ने छैन । भवानीका मूल पुजारी उद्धव कर्माचार्यका अनुसार तुलजामा यो दिन साबिक पूजा भने हुन्छ ।

प्रकाशित मिति : कार्तिक ७, २०७७ शुक्रबार  ७ : ५६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]