बैशाख २६, २०८१ बुधबार

प्रदेश १ सरकारले ज्येष्ठ नागरिक ग्राम बनाउने

विराटनगर – प्रदेश १ सरकारले ज्येष्ठ नागरिकहरूका लागि ग्राम बनाउन तयारी गरेको छ । सामाजिक विकास मन्त्रालयले मोरङको ग्रामथान गाउँपालिका– ७ मा १० बिघा १४ कट्ठा जग्गामा ज्येष्ठ नागरिक ग्राम बनाउन तयारी थालेको हो ।     

बेसहारा, अशक्त, असहाय, अनाथ र अभिभावकविहीन सडकआश्रित मानिस र उपेक्षित ज्येष्ठ नागरिकहरूको संरक्षणका लागि सरकारले ज्येष्ठ नागरिक ग्राम निर्माण गर्न लागेको सामाजिक विकासमन्त्री जीवन घिमिरेले बताए । 

उनका अनुसार ग्राम निर्माणका लागि तीन करोड ५० लाख बजेट विनियोजन भइसकेको र चालू वर्षभित्र निर्माण सुरु भइसक्नेछ ।
 
ग्रामथान गाउँपालिकाको सहकार्यमा निर्माण गरिने ज्येष्ठ नागरिक ग्रामभित्र ‘नलेज पार्क’को  निर्माण स्थानीय तह आफैँले गर्नेछ ।  ग्रामभित्र अलग–अलग ७२ वटा घर हुनेछन् । 

ग्रामभित्र ज्येष्ठ नागरिकलाई टहलिने स्थान, मानसिक रोगी र असहायहरूलाई संरक्षण गर्ने मानव सेवा आश्रमसमेत हुनेछ । सामाजिक विकास मन्त्रालयका अनुसार ज्येष्ठ नागरिक ग्राम र मानव सेवा आश्रममा मानसिक रोगीहरूलाई भर्ना लिएर उपचार गराउनका लागि १५ शय्याको अस्पताल पनि  निर्माण गर्ने योजना छ ।

प्रकाशित मिति : कार्तिक ७, २०७७ शुक्रबार  ८ : २८ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]