चैत्र १५, २०८० बिहीबार

कोरोना परीक्षण र उपचारको दायित्वबाट सरकार भागेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना परीक्षण र उपचारको दायित्वबाट सरकार नभाग्ने बताएका छन् ।

देशका नाममा आज (शुक्रबार) सम्बोधन गर्दै उनले नागरिकको रक्षा गर्नु सरकारको निः शर्त दायित्व भएको बताए । उनले कोरोना परीक्षण र उपचारको यथोचित प्रवन्ध यो सरकारले गर्ने जनाए । उनले सरकार त्यतिमा मात्र नरोकिएर कोरोनाको खोपको सहज पहुँचका लागि सरकार क्रियाशिल रहेको दावी गरेका छन् ।

विपतका बेलामा कोरोना सक्रमितको उपचार सरकारले नगर्ने भन्दै अफवाह फैलाइएको उनले आरोप लगाए । उनले महामारीका बेला आफवाहको तुवाँलो लाग्ने गरेको भन्दै अहिले कोरोनाका बेला पनि चैत महिनादेखि अहिलेसम्म अफवाहका तुवालो निरन्तर फैलाई रहेको बताए ।
उनले मृत्यु दर ०.६ प्रतिशत भन्दा माथि जान नसकेको उल्लेख गर्दै कारोनाविरुद्ध लड्न सबै सिपाहीका रुपमा अघि बढ्नु पर्ने बताएका छन् ।

उनले ‘सक्ने आफै बाँच नसक्ने जे सुकै गर’ भन्ने हल्ला सुनिएको छ भन्दै प्रधानमन्त्री ओलीले कोरोना उपचारका क्रममा उपचार गर्न सक्दिनँ भनि स्वघोषणा गर्नेहरुलाई सरकारले उपचारको निरन्तर व्यवस्था गरेको बताए । यो निरन्तर जारी रहने उनको भनाई छ ।

साथै उनले शव व्यवस्थामा कोही कसैलाई भेदभाव नगरी समान व्यवहार गरिएको छ । अवस्था अनुसार पारिवारिक सहभागितामा शव व्यवस्थापन गर्ने व्यवस्था गरिएको उनको भनाई छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले यसवर्ष दसैंमा सर्वसाधारणका लागि टीका नलगाई दिने भएका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै यस्तो बताएका हुन् । सम्बोधनका क्रममा उनले दशैंका दिन सार्वजनिकरुपमा टीका नलगाई दिने बताएका हुन् ।

प्रकाशित मिति : कार्तिक ७, २०७७ शुक्रबार  ५ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]