जेष्ठ ५, २०८१ शनिबार

प्रधानमन्त्री ओलीद्वारा किमाथाङ्का नाकाको अवलोकन

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संखुवासभाको चीनसँग नाका जोडिएको भोटखोला गाउँपालिका १ मा पर्ने किमाथाङ्का नाकाको अवलोकन गर्नुभएको छ ।

झण्डै एक वर्षअघि स्थापना भएको सीमा सुरक्षा पोस्ट (बीओपी)को निर्माणाधीन भवनका साथै भन्सार कार्यालय र सुख्खा बन्दरगाह लगायतबारे उहाँले जानकारी लिनुभएको छ । त्यसलगत्तै उहाँले बहुचर्चित अरुण तेस्रो जलविद्युत आयोजनाको निरीक्षण गर्नुहुने संखुवासभाका प्रमुख जिल्ला अधिकारी जीवप्रसाद आचार्यले जानकारी दिनुभयो ।

२०७४ वैशाख २८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री ओलीले संयुक्तरुपमा अरुण तेस्रोको शिलान्यास गर्नुभएको थियो । यस्तै प्रधानमन्त्री ओलीले राष्ट्रिय गौरवको उत्तर-दक्षिण कोशी राजमार्गको अनुगमन गर्ने, भोटखोला च्याम्ताङ राजमार्ग किमाथाङ्का छिचोल्नका लागि नेपाली सेनाले तयार गर्दै गरेको बंकर र अस्थायी क्याम्प लगायतको अनुगमन गर्ने कार्यक्रम छ ।

प्रधानमन्त्री ओली अनुगमन सकेर दिउँसो साढे ३ बजे काठमाण्डौ फर्कने कार्यक्रम रहेको संखुवासभाका प्रमुख जिल्ला अधिकारी आचार्यले बताउनुभयो ।

प्रकाशित मिति : कार्तिक २६, २०७७ बुधबार  ११ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]