जेष्ठ ३, २०८१ बिहीबार

इलाममा कानुनी सचेतना

इलाम । कानुनी सहायता नेपाल काठमाडौंले पूर्वी नेपालको इलाममा कानुनी सचेतनाका लागि अभिमुखिकरण कार्यक्रम शनिबार सम्पन्न गरेको छ ।


मुलुकी फौजदारी (संहिता) ऐन २०७४ र मुलुकी देवानी (संहिता) ऐन २०७४ मा विद्यमान कानूनी व्यवस्थाका विषयमा जनप्रतिनिधि तथा सरोकारवालासँग अन्र्तरकृया गरेको हो । कार्यक्रममा अधिवत्ता लेखनाथ दाहालले सहजिकरण गरेका थिए ।


कानुनी सहायता नेपालका विकास जङ्ग कार्कीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथि रोङ गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष बुद्धिबहादुर ढकाल रहेका थिए । रोङ १ को वडाकार्यालयको भवनमा भएको कार्यक्रममा विद्यमान कानुनका विषयमा सहजकर्ताले सहभागिलाई जानकारी गराएका थिए ।

सो कार्यक्रममा प्रमुख अतिथि ढकाल, विशेष अतिथि वडासदस्य उपेन्द्र न्यौपाने, अतिथि शिक्षक नन्दलाल शिवाकोटी, स्थानीय सोमबहादुर राईले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा वडासदस्यहरु महानन्द अधिकारी, जयकला चाम्लिङ, लक्ष्मी नेपालीको विशेष आतिथ्य रहेको थियो भने सञ्चारकर्मी तीर्थ तिम्सिना, राम जानकी सामुदायिक वनका अध्यक्ष उमाकान्त अधिकारी लगायतको आतिथ्य रहेको थियो ।

अभिमुखीकरण कार्यक्रम विमल कट्टेलको संयोजकत्वमा भएको थियो । सञ्चारकर्मी अनिल वाग्लेले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा कार्यक्रमको औचित्य माथि सभापति कार्कीले प्रकाश पारेका थिए ।

प्रकाशित मिति : असार ७, २०७६ शनिबार  ८ : १० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]