जेष्ठ ५, २०८१ शनिबार

कोरोनाले थप २६ जनाको मृत्यु, मृतकको संख्या ११७४ पुग्यो

काठमाडौं – नेपालमा थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार १ सय ७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि मंगलबार २२ जनाको मृत्यु भएको थियो। 

गत २४ घण्टामा २ हजार ५ सय ६९ भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २ हजार ३ सय २९ पुगेको छ। कुल संक्रमितमध्ये ३८ हजार ९ सय १२ जना सक्रिय संक्रमित छन्। 

गत २४ घण्टामा १० हजार ८१ जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण गर्नेको संख्या १५ लाख ७४ हजार २ सय ९५ पुगेको छ। हाल १ हजार १ सय ९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।  

प्रकाशित मिति : कार्तिक २६, २०७७ बुधबार  ४ : ५७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]