सीमामा के गदैछन् झापाका सशस्त्र प्रहरी ?
३ लाख ८० हजारको पुजा गर्ने भाँडा बरामत
विर्तामोड । जिल्ला प्रहरी कार्यालय झापाले पूर्वी नाका काँकरभिट्टाबाट भित्र्याएको अवैध सामग्री बरामद् गरेको छ । जिल्ला प्रहरीको टोलीले विभिन्न समयमा काँच तथा तामाका पुजाका भाँडाहरु , सुर्ति र कुर्ताका कपडा बरामद् गरेको छ ।

पुजामा प्रयोग गरिने ३ लाख ८० हजारको भाडा, ६५ हजार बराबरको सुर्ति र २५ हजारको कुर्ता बरामत गरी भन्सार बुझाईको झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए । अवैध रुपमा भित्र्याइएको सामग्री बुधबार भद्रपुर भन्सार बुझाइएको प्रवक्ता थापाले जानकारी दिए ।
प्रहरीले सीमा नाका बन्द हुँदा पनि लाखौं रुपैयाको अवैध सामग्री भित्राउने व्यक्तिको नाम गोप्य राखेको छ । जसले अवैध धन्दा गर्नेलाई उन्मुक्ति मिलेको छ ।
सीमा क्षेत्रको सुरक्षामा खटिएका सशस्त्र प्रहरीले अवैध सामान भित्रिँदा समेत वेवास्ता गरेको पाइएको छ । सशस्त्र प्रहरीले दशैं र तिहारमा समेत भारतबाट धन्दा गर्ने व्यापारीलाई समाउन सकिरहेका छैनन् ।