बैशाख १४, २०८१ शुक्रबार

कोरोनाबाट निको हुने दर बढ्यो

झापा । कोरोनाबाट निको हुनेको संख्या बढेको छ । स्वास्थ्य मन्त्रालयकाअनुसार अहिलेसम्म एक लाख ८२ हजार ७८० जना सङ्क्रमित निको भएका छन् । निको हुने प्रतिशत ८५ दशमलव ८ पुगेको छ । तिहारमा परीक्षण कम भएसँगै नयाँ सङ्क्रमितको संख्या घटेको छ भने निको हुनेको संख्या बढेको छ ।

हिजो एक हजार ४४२ जना सङ्क्रमित थपिएका र तीन हजार ५३८ जना निको भएका मन्त्रालयले जनाएको छ । कुल सङ्क्रमितको संख्या दुई लाख १२ हजार ९१७ पुगेको जनाएको छ । सक्रिय सङ्क्रमितको संख्या २८ हजार ८७८ छ । अहिलेसम्म एक हजार २५९ जनाको ज्यान गएको छ ।

मनाङबाहेक सबै जिल्लामा सङ्क्रमण

स्वास्थ्य मन्त्रालयकाअनुसार मनाङबाहेक सबै जिल्लामा सक्रिय सङ्क्रमित छन् । १३ वटा जिल्लामा ५ सयभन्दा धेरै सङ्क्रमित छन् ।

झापा, मोरङ, सुनसरी, काठमाण्डौ, ललितपुर, भक्तपुर, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही, पाल्पा र कैलालीमा ५ सयभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : मंसिर ४, २०७७ बिहीबार  ९ : २२ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]