जेष्ठ ६, २०८१ आईतबार

शिक्षक हत्याको विरोधमा झापाका शैक्षिक संस्था बन्द, शहिद घोषणा गर्न माग

बिर्तामोड । शिक्षक हत्याको विरोधमा आज झापाका शैक्षिक संस्थाहरु बन्द गरिएका छन् । विधालयमा शोक सभाको आयोजना गरि पठनपाठनको सम्पूर्ण कार्यक्रम (परीक्षा बाहेक)विरोध स्वरुप बन्द गरिदिन शिक्षक संबद्ध संगठनहरुले आव्हान गरेका छन् ।

मोरङ मिक्लाजुङ – १ स्थित सरस्वति आधारभुत विधालयका प्रधानाध्यापकको गत मंगलवार विप्लप समुहले गोली हानी हत्या गरेको थियो । झापाका शिक्षक संबद्ध संगठनहरु नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ र एकिकृत अखिल नेपाल शिक्षक संगठनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै हत्यामा संलग्नलाई तत्काल पक्राउ गरी कानुन बमोजिम कारवाही गर्न माग गरिएको छ । संगठनहरुले हत्या गरिएका शिक्षक श्रेष्ठलाई शहिद घोषणा गरि क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् । नेपाल शिक्षक संगठन झापाका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले कायरतापूर्ण हत्याको भत्सर्ना गरेका छन् ।

प्रकाशित मिति : मंसिर २५, २०७७ बिहीबार  ११ : २१ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]