बैशाख १७, २०८१ सोमबार

शिक्षकलाई ठेक्कापट्टा र राजनीतिमा नअल्मलिन शिक्षामन्त्रीको आग्रह

झापा । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विद्यालयका शिक्षक र प्रधानाध्यापकलाई ठेक्कापट्टा र राजनीतितिर नभई पठनपाठनको गुणस्तर सुधार्नतिर ध्यान दिन आग्रह गरेका छन् । 

मेचीनगर नगरपालिका–८ स्थित आदर्श माध्यमिक विद्यालयको नयाँ पुस्तकालय भवनको उद्घाटन गर्दै उनले शिक्षालाई प्रविधिमैत्री बनाउन शिक्षकले मेहनत गर्नुपर्ने बताए ।

झापाको नमूना विद्यालयका रुपमा चिनिएको आदर्श माविमा संघीय सरकारको रु १६ लाख र प्रदेश नम्बर १ सरकारको रु छ लाख ५० हजार गरी कूल रु २२ लाख ५० हजारका लागतमा विद्यालय परिसरमा पुस्तकालय भवन निर्माण भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रेवन्तराज पोखरेलले बताए । 

यसअघि मन्त्री पोखरेलले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यका नाममा नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठान झापाद्वारा बिर्तामोडमा सञ्चालित बहुप्राविधिक शिक्षालयको आज बिहान उद्घाटन गरेका थिए । 

बिर्तामोड नगरपालिका–४ मा भवन भाडामा लिएर सञ्चालित शिक्षालयमा कृषि, जीव र वनविज्ञान सम्बन्धी पढाइ हुनेछ ।

शिक्षालयमा १२० जनाले तीनवर्षे डिप्लोमा तहको अध्ययनको अवसर पाउने प्रतिष्ठान झापाका अध्यक्ष ज्योतिसिंह दर्लामीले बताए । 

उनले शिक्षालयले जग्गा भाडामा लिएको र  दुई वर्षभित्र आफ्नै भवनसमेत बनाउने तयारी गरिरहेको जानकारी दिए ।

प्रकाशित मिति : मंसिर २७, २०७७ शनिबार  ६ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]