जेष्ठ ३, २०८१ बिहीबार

बिर्तामोड नगर अस्पतालमा गुणस्तरहीन ईटा प्रयोग

बिर्तामोड । निर्माणाधिन बिर्तामोड नगर अस्पतालमा गुणस्तरहीन ईटा प्रयोग गरिएको छ । स्थानीयले ईटा प्रयोगका सन्दर्भमा प्रश्न उठाए पछि मेयर धु्रव कुमार शिवाकोटीले समेत गम्भीर चासो व्यक्त गरेका छन् । उनले गुणस्तरीय ईटा प्रयोग नभएको सूचना पाउन साथ निर्माण कम्पनीलाई तत्काल सम्पर्क गरी ईटा फिर्ता लैजान निर्देशन दिए ।

स्थानीयले ३ नम्बरको ईटा प्रयोग गरेको बताए पछि मेयर शिवाकोटीले उक्त ईटा प्रयोग नगर्न निर्देशन दिएका हुन् । शुक्रवार अनुगमन समितिका सदस्य कैलाश प्रसाई सहितको टोलीले ईटा लिएर मेयरलाई भेट्न नगरपालिका पुगेका थिए । लामो समय ईटा उधोग समेत सञ्चालन गरिसकेका मेयर शिवाकोटीले ईटा गुणस्तरीय नभएको प्रतिक्रिया दिएका छन् । सो ईटा विरगञ्जबाट आयात गरिएको हो ।

अनुगमन समितिका सदस्य प्रसाईले कुनै पनि हालतमा गुणस्तरहीन ईटा प्रयोग गर्न नदिने बताएका छन् । उनले भने, ‘हेर्दै इटा कमसल र गुणस्तहीन देखिन्छ ।’ निर्माणाधिन अस्पताल परिसरमा राखिएको ईटा भुई भागमा प्रयोग भइसकेको बुझिएको छ । पुराना घरबाट निकालिए जस्तो देखिने ईटा प्रयोग नगर्न निर्माण पक्षलाई सचेत गराइएको छ ।

नगर अस्पताल निर्माणको लागि धुलिखेल निर्माण सेवा प्रालिले ४ करोड ८० लाख ९५ हजार १८६ रुपैयाँमा ठेक्का पाएको छ । सोहि कम्पनीका इन्जिनियर अजित ढुङ्गानाले ईटा १ नम्बर नभएको स्वीकार गरेका छन् । उनले १ नम्बर ईटा मगाए पनि राम्रो नपठाएकोले प्रयोग नगरेको प्रतिक्रिया दिए । झापामा ईटा अभाव भएकोले विरगञ्जबाट आयात गरेको ढुङ्गानाले जानकारी दिएका छन् । हेर्दै फुस्को देखिने ईटा सेफ्टी ट्याङ्की बनाउन प्रयोग गर्ने इजलाससित बताए । आफुलाई पनि चित्त नबुझेको भन्दै ढुङ्गानाले भने, ‘ राम्रो ईटा मगाको, नराम्रो पठाइदिए ।’

बिर्तामोड–३ मा निर्माण भइरहेको नगर अस्पताल ०७९ असार १ गते सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । अस्पताल गत असारबाट निर्माण शुरु गरिएको थियो ।

प्रकाशित मिति : पुष ४, २०७७ शनिबार  ९ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]