Banner news

कोशी प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुदै

कोशी प्रदेशको नीति तथा कार्यक्रम आज प्रस्तुत हुदै


विराटनगर, ५ जेठ । कोशी प्रदेश सरकारको आर्थिक वर्ष ०८२/०८३ को नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुने भएको छ।

आजको प्रदेशसभा बैठकमा कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।

प्रदेश प्रमुख खापुङले प्रदेश सभाको आज ३ बजे बस्ने बैठकमा नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यसूची रहेको छ

शेयर गर्नुहोस :

135
Shares