बैशाख ४, २०८१ मंगलबार

सवारी साधनमा जातीयता

विर्तामोड । केहि वर्ष अगाडिसम्म जातीयताका लागि सडकमा आन्दोलन चल्ने गर्थे । संविधान जारी भएपछि त्यस प्रकारका आन्दोलन भएको पाइदैन ।
तर, पछिल्लो समय सवारी साधनमा जातीयता झल्किन थालेको छ । विभिन्न सवारी साधनमा सन्तानको नाम,आमा–बुवाको आशिर्वाद,नदिका नाम,मठमन्दिर र कम्पनीका नाम लेखिएको पाइन्छ । सडकमा अहिले गुड्ने केहि सवारीमा साधनमा थर लेख्ने चलन बढेर गएको छ ।
झापाको बुधवारेमा किहीवार बालुवा लिएर गन्तव्य तर्फ गइरहेको पिकअप भेनमा गजमेर केरियर लेखिएको थियो ।

पिकअपका चालकले गजमेर केरियर लेखिएको बारेमा केहि बताउन सकेनन् । उनले सो भेनको सञ्चालक गजमेर भएको प्रतिक्रिया दिए । यस्तै,ढुवानीका लागि बुधवारेबाट उत्तरतर्फ गइरहेको चाम्लिङ केरियर भेटियो । त्यसका चालक अमित चाम्लिङले थर लेखिएको विषयमा गहिरिएर केहि नसोचेको जानकारी दिए । मे १ च २८६६ नम्बरको चाम्लिङ केरियर जसरी अन्य पिकअप भेनमा थर लेखिएका धेरै सवारी बाटोमा देख्न थालिएको छ ।
इलाका प्रहरी कार्यालय अनारमनी नजिकै राखिएको विमली केरियरका सञ्चालक तुलसी विमलीले आफ्ना वन्दुले थाहा पाउने भएकाले लेखिएको बताए । उनले आफ्नो पहिचान नै भएको जनाए । उनीसँगै रहेका एक यातायात मजदुरले आफ्नो जाति झल्काउन यसरी लेख्न थालिएको खुलाए ।
विर्तामोडमा पार्किङ गरी राखिएको अर्को पिकअपमा घतानी केरियर लेखिएको थियो । विर्ता वजारमा मैनाली केरियर पनि भेटियो । सवारी साधनमा यसरी आफ्नो थर उल्लेख गरिनु जातीय पहिचान नै भएको अधिकांशको भनाई छ ।

प्रकाशित मिति : बैशाख १०, २०७६ मंगलबार  ३ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]