जेष्ठ ७, २०८१ सोमबार

मदन भण्डारी र वर्तमान चुनौति

शिव ढुङगेल

आज असार १४, मदन जयन्ती । मदन भण्डारीका अनुयायीहरुले अनेकौं कार्यक्रम गर्दै उनका योगदानको सम्झना गरिरहेका छन् । तत्कालिन एमालेका महासचिव मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित २०५० साल जेठ ३ गते चितवन जिल्लाको दासढुङगामा भएको रहस्यमय जीप दुर्घटनामा दिवंगत भएको २६ वर्ष पुरा भएको छ ।


जननेता मदन भण्डारी नेपाली साम्यवादी आन्दोलनका पथ प्रदर्शक, प्रखर वक्ता, प्रगतिशिल राष्ट्रवादका प्रवक्ता, माक्र्सवादका सिर्जनात्मक प्रयोगकर्ता, नविन विचारक तथा जनप्रीय नेताका रुपमा चिनिनुहुन्छ । युवा अवस्थाबाटै कम्यूनिष्ट दर्शनबाट प्रेरित भई लामो समयसम्म भूमिगत रहि पार्टी निर्माणमा लाग्नु भएका मदन भण्डारी सार्वजनिक जीवनमा आउनु भएको छोटै समयमा दिवंगत हुनु भयो ।

यस घटनाले नेपाली साम्यवादी आन्दोलनलाई ठुलो नोक्सानी पु¥यायो । जनताको मुक्तिको खातिर आफुलाई इमान्दार परिश्रमि, कर्तव्यनिष्ठ, देशभक्त तथा क्रान्तिकारी नेताको रुपमा स्थापित गराइसक्नु भएका नेताको अभाव आज सिङगो मुलुकले महसुस गरिरहेको छ ।

शिव ढुङगेल

द्वन्द्वात्मक भौतिकवादी दर्शनका अनुयायी कमरेड मदन भण्डारीले त्यसको अन्तरवस्तुको गहिरो अध्ययन गरी नेपालको सन्दर्भमा माक्र्सवादको सिर्जनात्मक प्रयोग गर्ने, माक्र्सवादलाई अझ समृद्धि बनाउने अभियानमा अतुलनीय योगदान गर्नुभयो । समकालिन परिस्थितिमा वस्तुवादी विष्लेषण गरी त्यसको प्रभावकारी समाधान पहिल्याउन सक्ने खुविले मदन भण्डारीलाई सफल विचारकको रुपमा स्थापित गरेको थियो ।

कम्यूनिष्ट आन्दोलनको कमजोरीलाई समेत अध्ययन गरी विष्लेषिक र प्रशोधित विचारलाई पार्टी भित्र अनुशासित र राजनीतिक रुपले पेश गरी महाधिवेशनबाट पारित गराए पछि उहाँलाई सफल संगठक, अविश्रान्त योद्धा, होनाहार कार्यकर्ता र पार्टीको भविष्य निर्माताको रुपमा सबैले आशा गरेका हुन् ।


जनमानसमा देखापर्ने उहाँको प्रखर प्रभावशाली वक्तृत्वात्मक व्यक्तित्व, तर्क क्षमता, निडर स्वाभिमानीपनले उहाँको इमान्दारी र समर्पण भावको परिचय दिन्थ्यो । कमरेड मदन भण्डारी आस्था र विश्वासमा जसरी सुर्य झै उज्यालो हुनुहुन्थ्यो , दायित्व निर्वाह र संघर्षमा त्यत्तिकै अगुवा र अद्वितीय देखिनु हुन्थ्यो ।

जनता र राष्ट्रलाई सर्वोपरी राखी जनताको मुक्ति अभियानमा दृढ चिन्तन एवम् पदचापहरु अनुकरणीय थिए । आजको राजनीति स्वार्थी मनोवृत्तिबाट गुज्रिरहँदा मुलुकले मदन भण्डारीको गहिरो अभाव महसुस गरिरहेको छ ।


मदन भण्डारीको अवसान पछि मदन कै विचारको आलोकमा पार्टी पटक–पटक सरकारमा सहभागी भएको छ । शान्तिपूर्ण ढंगले जनतालाई संगठित गर्दै सामन्तवाद, साम्राज्यवाद दलाल नोकरसाही पूँजीवाद र घरेलु प्रतिक्रियावादका विरुद्ध लढ्दै साम्यवादसम्मको लक्ष्य पुरा गर्न सरकारमा सहभागी हुने , अधिकतम प्रगतिशिल सुधारको काम गर्दै जनसंघर्षलाई बलियो बनाउने उद्देश्यका साथ अहिले पनि हामी सरकारमा सामेल छौ ।


स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकार हाम्रै पार्टीको नेतृत्वमा क्रियाशिल छ । यस्तो बेलामा जनताको असिमित चहाना एकापट्टि चुनौति छ भने त्यो भन्दा ठुलो चुनौति हाम्रा विचार र व्यवहारमा आएको फरकपना नै हो ।

संसदीय क्षेत्रको जिम्मेवारी प्राप्त गरेका कमरेडहरु पार्टी निर्णय र पार्टी विचारलाई क्रमशःछोड्दै जाने, व्यवहारमा सुविधाभोगी बन्ने , जनताप्रति उत्तरदायी नबन्ने जस्ता समस्याहरु देखा परेका छन् ।

एउटा पार्टी कार्यकर्ता आज पनि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर पार्टी काममा तल्लीन छ । उसलाई दैनिक जीवन निर्वाह गर्न धौ–धौ छ । ग्रामीण क्षेत्रको अधिकांश पार्टी काम यस्ता इमान्दार कार्यकर्ताले नै थामेका छन् । तिनै कार्यकर्ताले बचाई राखेको पार्टी जीवनको बलबाट निर्वाचन जितेका जनप्रतिनिधिहरु आज जनता कार्यकर्ताहरुको पहुँचभन्दा माथि हुँदै गरेको कुराले मदन भण्डारीको विचार कार्यान्वयनमा सफलता पाउला त ? आम प्रश्न उठेको छ ।

स्थानीय सरकारसँग आम नागरिक सन्तुष्ट हुन सकिरहेका छैनन् । जहाँ मदन भण्डारीले अघि सार्नु भएको विचारबाट प्रशिक्षित नेताहरु आज जिम्मेवारीमा छन् । यसले के देखिन्छ भने, कतै नेताहरुले मदनको बाटो विराएका त छैनन् ?


पार्टी एकतापछि केन्द्रले तय गरेको तत्कालिन विचारमा मदन भण्डारीले प्रतिपादन गर्नु भएको विचार जनताको बहुदलीय जनवाद ओझेलमा परेको छ । हिजो यहि जबजको आलोकमा पार्टी निर्माण र विस्तार भयो । पार्टी एकतापछि विचारको क्षेत्रमा केहि फरक ढंगले विचार प्रवाह भइरहेको छ । यहि परिस्थितिले कतैं कम्यूनिष्ट आन्दोलन दिसा बिहीन बन्ने त होइन ? खवरदारी गर्ने बेला आएको छ ।


जननेता मदन भण्डारीलाई सम्झिरहँदा हामी सबैले उहाँका पदचिन्हहरु अनुसरण गर्ने प्रयत्न गर्नुपर्छ । उहाँको उचाई धेरै माथि थियो । त्यो उचाँई हामी सबैको जीवन दर्शन बन्न सक्छ । विचार र राजनीतिको क्षेत्रमा उहाँले देखाउँनु भएको बाटो समाउन सके सुखी नेपाली, समृद्ध नेपाल निर्माणमा हामीलाई सफता प्राप्त हुने निश्चित छ । यसैबाट देश र जनताको मुक्ति संभव छ । त्यतिबेला मात्रै कमरेड मदनप्रतिको सच्चा श्रद्धाञ्जलि हुने छ ।

प्रकाशित मिति : असार १४, २०७६ शनिबार  ७ : ३९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]