बैशाख ८, २०८१ शनिबार

आरोप पत्र फिर्ता गरेर निर्वाचनमा सहभागी हुने भए एकता संभव छ : पोखरेल

बिर्तामोड । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता ईश्वर पोखरेलले नेकपा सारमा विभाजन भइसकेको बताएका छन् । कानुनतः विभाजित नभए पनि सारमा विभाजित भइसकेको नेता पोखरेलको भनाई छ ।

नेकपा झापाले बिर्तामोडमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले दुई सर्त पुरा भए अझै एकताको संभावना रहेको बताए छन् । भेलामा उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको आरोप पत्र फिर्ता गर्नुपर्ने र बैशाख १७ र २७ को निर्वाचनलाई स्वीकार गरेर आएमा एकता हुन सक्ने धारणा राखेका छन् । पार्टी विभाजनमा प्रचण्डभन्दा धेरै दोष माधव नेपालको रहेको भन्दै नेता पोखरेलले प्रचण्ड विगत देखि नै ठिक नभएको टिप्पणी गरेका छन् ।

उनले एकताको लागि दुवै पार्टी तयार हुँदै गर्दा एउटै चिन्हमा चुनाव लड्ने सहमति भइसके पछि प्रचण्डले बद्मासी गरेको स्मरण गराए । पोखरेलले भने, ‘एउटै चुनाव चिन्हमा चुनावमा जाने सहमति भयो, पछि प्रचण्डले नै आआफ्नै चिन्हमा निर्वाचनमा जाने भनेदेखि उनले पार्टीमा समस्या शुरु गरे ।’ माओवादी पार्टीमा ३३ वर्ष अध्यक्ष भएका प्रचण्डले एकतापछि पनि कम्युनिष्ट आन्दोलनलाई नै सिध्याउने खेल खेलेको आरोप छ ।

भेलालाई सम्बोधनका क्रममा पोखरेलले केपी ओलीने नेतृत्व गरेको पार्टी नै आधिकारिक हुने दावी गरेका छन् । उनले आधिकारिक पार्टीले नै सुर्य चिन्ह पाउने बताए । उनले कार्यकर्तालाई पार्टी आधिकारिकता र सुर्य चिन्हका बारेमा धेै चिन्ता लिन नपर्ने बताएका छन् ।

उनले माधव नेपाल र प्रचण्डले हास्यास्पद मुद्दाहरु झिकेर पार्टीमा लफडा गरेको बताए । बैठकमा ठुला– साना कुर्सीमा बसेका विषयमा चित्त दुखाएर पार्टी फुटाएको नेता पोखरेलको आरोप छ । पार्टी एकतापछि धेरै समय मैले केहि पाइन, मेरो मान्छेले यो पाएन, त्यो पाएन लगायतका मुद्दा झिकेर जग हँसाएको पोखरेलको भनाई छ ।

निर्वाचन आयोगले निर्वाचनको तयारी शुरु गरिसकेको अवस्थामा प्रचण्ड–नेपालले जनतासँग डराएर चुनाव रोक्न दवाव दिएको नेता पोखरेल बताएका छन् । कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य मणि थापा, मनकुमार गौतम लगायतले सम्बोधन गरेका छन् ।

प्रकाशित मिति : पुष २९, २०७७ बुधबार  ४ : १९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]