जेष्ठ १, २०८२ बुधबार

राष्ट्रिय एकद्वार प्रणाली लागू

काठमाडौँ । राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न भन्सार विभाग र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रबीच सम्झौता भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आइतबार आयोजित एक कार्यक्रमबीच यस्तो सम्झौता भएको हो । राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन आयोजनाका तर्फबाट भन्सार विभागका महानिर्देशक सुमन दाहाल र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र राय, पशु सेवा विभागका निमित्त महानिर्देशक डा. दमयन्ती श्रेष्ठ र प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख डा. सहदेव हुमागाईंले समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको छ ।
सम्झौताअनुसार अनलाइनमार्फत लाइसेन्स, परमिट, सर्टिफिकेट (एलपीसीओ)लगायतका काम एकसाथ हुने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक उपेन्द्र रायले जानकारी दिनुुभयो । यसअघि एउटा सेवाग्राहीले एउटै कामका लागि विभिन्न निकायमा धाउनुुपथ्र्यो तर अब एक ठाउँबाट नै सबै काम हुने उहाँले बताउनुुभयो । जुुन विभाग तथा कार्यालयअन्तर्गतको काम हुन्छ त्यो अनलाइनमार्फत हुन्छ र सेवाग्राही कुनै एक ठाउँबाट त्यो सेवा प्राप्त गर्नेछ । यो प्रणाली लागू भइसकेपछि पारदर्शिताका साथै समयमा काम सम्पन्न हुने महानिर्देशक रायको दाबी छ । भन्सार दिवसका दिन एकद्वार प्रणालीको औपचारिक घोषणा हुनेछ ।

सम्झौता कार्यक्रममा बोल्नुहुँदै कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले एकद्वार प्रणालीको लागू गर्ने कार्य अन्तराष्ट्रिय व्यापार सम्बन्धमा समान धरातल निर्माणतर्फको एउटा खुड्किलो भएको बताउनुभयो । उहाँले व्यापार घाटालाई समेत सन्तुलनमा ल्याउन यसले सहजीकरणको भूमिका निर्वाह गर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “यसले भन्सारबाट जाँचपास कार्य सहज रूपमा सम्पन्न गर्नुुको साथै अन्तराष्ट्रिय व्यापार सम्बन्धमा समान धरातल निर्माणतर्फको महŒवपूर्ण खुड्किलोका रूपमा हामीले यसलाई लिएका छौँ । ”

मन्त्री आर्यालले कार्यान्वयनको चरणमा रहेको कागजरहित अन्तर्राष्ट्रिय व्यापार सेवा प्रदान गर्ने प्रणालीले व्यापार सहजीकरणका लागि कोसेढुङ्गा हुनेसमेत बताउनुभयो । समयानुसार प्रविधिको प्रयोग गरेर कागजरहित सेवा प्रदान गर्दा व्यापार बढ्ने उहाँको भनाइ थियो । “हरेक क्षेत्रका बेथितिको अन्त्य प्रविधिबाट नै गर्ने हो । आयात र निर्यातसँग जोडिएका बेथितिको अन्त्य गर्न यसले महŒवपूर्ण भूमिका निर्वाह गर्नेछ,” मन्त्री अर्यालले भन्नुभयो, “आर्थिक उदारीकरण र खुला बजारमा हामी गइसकेको अवस्थामा हामीले हाम्रा प्रतिस्पर्धी क्षमतालाई हरेक ढङ्गले विकास गर्न जरुरी छ । ”

कृषि मन्त्रालयका सचिव डा. योगेन्द्रकुमार कार्कीले यो सम्झौताले कृषि क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय व्यापारमा अब सहजता आउने बताउनुभयो । एकद्वार प्रणालीमार्फत सेवाग्राहीले सरल ढङ्गबाट सेवा पाउने बताउँदै उहाँले प्रविधिको उच्चतम प्रयोग अहिलेको आवश्यकता भएको बताउनुभयो । यस्तै एकद्वार प्रणाली कार्यान्वयन आयोजनाका तर्फबाट कार्यक्रममा बोल्नुुहुँदै भन्सार विभागका महानिर्देशक सुमन दाहालले अन्तर्राष्ट्रिय व्यापार सहजीकरणको नयाँ युग सुरु हुनै लागेको बताउनुभयो । केही समयमै कार्यान्वयनमा आउने एकद्वार प्रणालीले एकआपसमा सम्बन्ध विस्तार मात्र नभएर कामकारबाहीमा ठूलो परिवर्तन हुने बताउनुभयो ।

प्रकाशित मिति : माघ १२, २०७७ सोमबार  ८ : ४७ बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]