बैशाख ७, २०८१ शुक्रबार

सुरुङामा खाद्य सामग्री अनुगमन

सिएम शर्मा
कनकाई । कनकाई नगरपालिकाको वडा नं. १ , ३ र ७ मा वडा स्तरीय खाद्य स्वच्छता समूह गठन भएको भोलिपल्टै वडा नं. ३ सुरुङ्गा बजारमा खाद्य सामग्री अनुगमन भएको छ ।
अनुगमन को पहिलो चरणमा मंगलबार होटल तथा मासुजन्य पदार्थ को अनुगमन भएको छ । कनकाई नगर उपप्रमुख मञ्जु प्रसाईं , खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यलयका खाद्य अनुसन्धान अधिकृत भरत पुरी , वडा नं. १ ,३ र ७ का वडा अध्यक्ष रोसन पोखरेल , रुद्रप्रसाद चिमरिया र लिला बहादुर कन्दङ्वा , कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष त्रिलोचन चिमरिया , सुरुङ्गा बजार व्यवस्थापन समिति अध्यक्ष देवी खरेल , जुकेकल्भट बजार व्यवस्थापन समिति अध्यक्ष हेमन्त खड्का , दुर्गापुर बजार ब्यवस्थापन समित अध्यक्ष देवी भट्टराई , होटल ब्यवसायी कमल चौलागाईं , ख्याम ओली , विभिन्न वडाका जनप्रतिनिधिहरु , ईलाका प्रहरी कार्यलय सुरुङ्गाका प्रमुख हस्त बहादुर श्रेष्ठ लगायतको अनुगमन टोलीले अनुगमन गरेको हो ।
सुरुङ्गाका ठुला तथा साना होटल र मासु बिक्री पसलमा अनुगमन गर्दा ठुला होटलहरु डिलाईट , हेवन , एस.पि. क्याफे लगायतका होटलमा धेरै कुरा राम्रो पाइएको छ भने तेलको प्रयोग गर्दा एउटै तेल पटक पटक प्रयोग नगर्न खाद्य अनुसन्धान अधिकृतले पुरिले सुझाव दिएका छन । त्यसैगरी अनुगमन गरिएका अन्य होटलमा लेवल नभएको सामान प्रयोग भएको , किचनको पूर्वाधार र सरसफाई राम्रो नभएको , तेल प्रयोग अत्याधिक भएको , प्रसोधन स्थलको पूर्वाधार नभएको मिठाइ लगायतका खाद्य वस्तुमा लेवल नभएको पाइएको र यी सवै कुरामा व्यवसायिलाई सतर्क रहदै तुरुन्त सुधार गरि अनुगमन टोलीलाई जानकारी गर्न समेत निर्देशन दिइएको अधिकृत पुरीले बताएका छन् ।
मासु पसलको अनुगमनमा खुला वातावरणमा राखी बिक्री वितरण गरिएको , एउटै फ्रिजमा अलग अलग किसिमका मासु राखिएको धेरै दिन देखीको मासु राखिएको, जालि तथा सिसा प्रयोग नभएको पाइए पछि यी सबै कुरामा तुरुन्तै सुधार गरि खाद्य कार्यलयमा जानकारी गराउन अधिकृत पुरीले सबै व्यवसायीलाइ निर्देशन दिएका छन ।
यस पटकको अनुगमनमा सबैलाई सुधार गर्न मौका दिइएको र अब आइन्दा अनुगमनको क्रममा यस्तो भेटिएमा नेपाल सरकारको कारवाहीको दायरामा आउनु पर्ने मंगलबार अनुगमन गरिएका साथै अन्य व्यवसायी लाई समेत पुरिले सूचना गरेका छन् ।
यसै बिच अनुगमनमा खटिएका अन्य पदाधिकारीले सबै व्यवसायीलाई अनुगमनमा हामी सबैको अनुरोधमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यलयले माफी दिदै सुधार गर्ने मौका दिएको र य मौकाबाट सुधार नभएको पुनः अनुगमनमा आउँदा पाइएमा हाम्रो पनि केही नलाग्ने र नेपाल सरकारको कारवाही भोग्नु नै पर्ने कुरा स्पष्ट पारेका छन् ।

प्रकाशित मिति : बैशाख १०, २०७६ मंगलबार  ९ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]