चैत्र १६, २०८० शुक्रबार

के हो सुरुवाती कोठा ?

द्वारिका मानव

पृष्ठभूमि –
प्रत्येक दिन विभिन्न विषयमा,विभिन्न ठाँउमा,विभिन्न स्तरीय हजारौं बैठक , छलफल हुन्छन् ।ती छलफलहरु विभिन्न समूहमा,खुल्ला चौरमा, सभाहल वा बैठक कोठामा हुन्छन् । ती छलफलहरु तब मात्र सार्थक र अर्थपूर्ण हुन्छन् जब ती छलफलले समाजका समस्या, आवश्यकता र इच्छा वा चहनालाई , व्यबस्थापन गर्दछन् । छलफल निकास केन्द्रित हुनुपर्दछ । नेपाली समाजमा पनि यस्ता समस्या, आवश्यकता र चहानाहरु वर्षौंदेखि ज्युँ का त्यूँ रहेको तर यिनिहरुको उचित समाधान , व्यबस्थापन र परिपुर्ति आजसम्म पनि सहि रूपमा हुन सकिरहेको छैन । बेरोजगारीको समस्याका कारण परिवारको आवश्यकता जुटाउन लाखौं यूवा आफ्नो देशमा बस्ने चहाना हुँदाहुँदै पनि बिदेशीएका छन् । अधावधिक र समयसापेक्ष शिक्षाको कमिका कारण मुलुकको प्राय : सबै क्षेत्रमा ठूलो क्षति बेहोरिरहेको छ । कृषि क्षेत्र कम उत्पादनशील छ । यी र यस्ता अनेक समस्याका समाधान निकालेर उत्पादनशीलता र उधमशिलता अभिवृद्धि गर्ने लक्ष्यसहित छलफल गर्न र गराउनेका निम्ति एउटा कोठा सुरुवाती कोठा (स्र्टाट अप)को परिकल्पना गरिएको हो ।

सुरुवाती कोठा
सुरुवाती कोठा (स्र्टाट अप) लाई सामान्य कोठाको रूपमा बुझ्न सकिन्छ । जहाँ विभिन्न विषयमा छलफल गरिन्छ । समाजका विधमान समस्या ,आवश्यकता र इच्छा चहानालाई मध्यनजर गर्दै तिनका समाधान ,सम्बोधन र परिपूर्तिका लागि गरिने छलफलबाटै नयाँ र फरक कार्य, तरिका, विधि , प्रक्रिया वा प्रणालीको बिकासका लागि विकासित मुलुकहरुमा सिक्न र सिकाउन सञ्चालन भइरहेका स्टार्टअप स्कुलको सानो इकाइको रूपमा पनि स्टार्टअप रूमलाई बुझ्न सकिन्छ ।

समग्रमा नवप्रवर्तनीय कार्य, पेशा , व्यवसाय ,व्यापार , उद्योग आदिको विकासको लागि छलफल गर्ने, गराउने तथा सिक्ने सिकाउने कोठा नै सुरुवाती कोठा हो । विश्वमै पहिलोपटक भौतिक, अवास्तविक र परिस्थितिक कोठाको रूपमा परिकल्पना गरिएकोले सुरुवाती कोठा आफैमा एउटा स्टार्टअप हो । जसले अरु थुप्रै स्टार्टअपको विकास गर्न सकिन्छ भनेर विश्वास गर्दछ । विश्वका जुनसुकै विकसित देशहरूको विकासको इतिहास हेर्ने हो भने पनि ती देशहरूले आफ्नो समाजको समस्याका समाधान, समाजको आवश्यकताको सम्बोधन र जनसमुदायका इच्छा – चाहनाको परिपूर्तिका लागि गहन अध्ययन, खोज, अनुसन्धान, परीक्षण गरी नयाँ आविष्कार गरेका र केही बर्षमै मुलुकको समग्र विकास गर्न सकेका देख्न सकिन्छ । समस्या आवश्यकतालाई आविष्कारको जननी पनि मान्न सकिन्छ । आविष्कारले विकासको सृष्टि गर्दछ र विकासले मानव जीवनलाई समृद्धि प्रगतिको बाटोमा अघि बढाउँछ । समस्या, आवश्यकता र इच्छाको व्यवस्थापनका क्रममा विभिन्न पेशा, व्यवसाय ,व्यापार तथा उद्योग–धन्दाको विकास हुन्छ र रोजगारी– स्वरोजगारको प्रारम्भ हुन्छ ।

हाम्रो देश नेपाल र हाम्रो नेपाली समाजमा पनि अनगिन्ति समस्या ,आवश्यकता चाहना छन् । यसर्थ हाम्रो मुलुकमा नवप्रवर्तनीय पेसा, व्यवसाय, व्यापार तथा उद्योग कल–कारखानाको अति उच्च सम्भावना रहेको सजिलै बुझ्न सकिन्छ । यिनै सम्भावनालाई यथार्थमा परिणत गरी मुलुकको समृद्धिको यात्रामा सहयोग गर्नु, टेवा पुर्याउनु योगदान दिनु नै सुरुवाती कोठाको मूल उद्देश्य हो । मुख्यतः समस्यामा आधारित सिकाइलाई तत्कालिन कार्यप्रक्रिया को रुपमा प्रयोग गरिरहेको सुरुवाती कोठाले नेपाली समाज, यहाँको बेरोजगार र लगानी बिहीन ठूलो जनसंख्या ,सामाजिक , आर्थिक तथा राजनीतिक परिस्थितिलाई अध्ययन गरी हाल सामाजिक कार्य र उद्यमशीलतालाई सगंसंगै अघि बढाउन सामाजिक उद्यमशीलतालाई अघि बढाउने, मानव संसाधन लाई अझै सशक्तीकरण गर्ने जस्ता कार्य गरिरहेको छ ।

नेपालमा स्टार्टअपको विषय अझै पनि नयाँ नै भएकोले यसको बारेमा सचेतना फैलाउने , सुरुवाती कोठाका कार्य , प्रक्रिया , उद्देश्यको बारेमा छलफल चलाउने कार्य पनि भई नै रहेका छन् । सुरुवाती कोठामा सचांलन गरिने छलफल वैज्ञानिक र प्रक्रियागत हुने तथा यसमा सम्बन्धित विषयका विज्ञहरूको पनि संलग्नता ,सहकार्य , सल्लाह– सुझाव समावेश हुने भएकोले यस्ता छलफलबाट हामी धेरै कुराहरु सिक्न– सिकाउन सक्दछौं र धेरै कुराको नयाँ– फरक तरिकाले थालनी पनि गर्न सक्दछौं । कृषि ,शिक्षा, पर्यटन, स्वास्थ्य र उद्यमशिलता जस्ता समाज विकासका छ खम्बाहरु लाई दिगो, बलियो र छिटो रुपमा विकास गर्दै मुलुकलाई केही वर्षमै समृद्ध बनाउन सुरुवाती कोठाले यिनै विषयमा केन्द्रित भई विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको कार्यक्रमहरुको तर्जुमा गरेको छ । लक्षीत उद्देश्य प्राप्तिको लागि छलफल ,सर–सल्लाह तथा सहकार्यको लागि सुरुवाती कोठा (स्र्टाट अप) सबैको लागि सधै खुला रहनेछ ।
संस्थापक तथा कार्यक्रम संयोजक
सुरुवाती कोठा नेपाल

प्रकाशित मिति : चैत्र १८, २०७७ बुधबार  ११ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]