बैशाख १४, २०८१ शुक्रबार

झापामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउन सुरु

भद्रपुर । झापामा हात्तीपाइले रोग विरुद्धको १०औँ पटकको आमऔषधि वितरण अभियान २०७७ को विधिवतरुपमा सुभारम्भ गरिएको छ ।

स्वास्थ्य कार्यालय झापाद्वारा चन्द्रढीमा शुक्रवार आयोजित कार्यक्रमकाबीच भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, मेची अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.पिताम्बर ठाकुर, जिल्ला समन्वयन समिति प्रमुख सोमनाथ पोर्तेल, सञ्चारकर्मी लगायतले एकसाथ औषधि सेवन गरेर अभियानको सुभारम्भ गरेका हुन ।

कार्यक्रममा समन्वयन समिति झापाका प्रमुख पोर्तेलले सचेत नागरिक रहेको जिल्लाको पहिचान बोकेको झापाले सबै नागरिकले अनिवार्य औषधि सेवन गरेर अभियान सफल पार्नु पर्ने बताए । उनले भ्रमकापछि लागेर औषधि सेवन नगर्दा झापालीको प्रतिष्ठा गुम्ने बताउदै सबैले औषधि सेवन गरेर अभियान सफल बनाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा भद्रपुर नगरपालिकाका नगरप्रमुख श्रेष्ठले औषधि नियमित खान आग्रह गर्दै अभियानको अनुगमन गर्न नगरपालिकाले जनप्रतिनिधहरुलाई खटाईसकिएको वताए ।

स्वास्थ्य कार्यलाय झापाका निमित्त प्रमुख ईश्वरीप्रसाद पौडेललले औचित्यमाथि प्रकाश पार्दै यहि चैत मसान्तसम्म सञ्चालन गरिने अभियानमा झापाका ८ लाख १६ हजार बढी नागरिकलाई य पटक हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गराउने योजना रहेको बताए ।

मेची अस्पतालका डा.ठाकुरले ७ दिन सम्मका सुत्केरी, २ बर्ष मुनिका बालबालिका र सिकिस्त विमारी बाहेकका सबैले अनिवार्य औषधि सेवन गर्न आग्रह गर्दै औषधिले कुनै असर नगर्ने बताए ।
जिससका प्रमुख पोर्तेलको सभापतित्वमा सम्पन्न कार्यक्रममको सञ्चालन कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले गरेका थिए ।

प्रकाशित मिति : चैत्र २०, २०७७ शुक्रबार  ६ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]