चैत्र १६, २०८० शुक्रबार

गौरादहबाट कौडा खेल्ने ९ जना पक्राउ

विर्तामोड । इलाका प्रहरी कार्यालय दमकले कौडा खेलिरहेको अवस्थमा ९ जनालाई नियन्त्रणमा लिएको छ । गौरादह– ३ स्थित भक्तबहादुर बर्देवाको घरबाट २९ हजार नगद सहित १६ थान कौडा बरामत गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

विशेष सुराकीको आधारमा गौरादह–२ का ३२ वर्षीय निर्मला थापा, वडा नं. ३ का अंकति कार्की, सुरेश अधिकारी, भक्त बहादुर बर्देवा, वडा नं. ४ का मोहन खरेल, कनकाई– ३ का राम प्रसाद खरेल, इश्वर खतिवडा, विष्णु प्रसाद उप्रेती, दमक –७ का निर बहादुर सुनुवार पक्राउ गरिएको झापा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई सोमवार साँझ नियन्त्रणमा लिइएको हो । इप्रका दमकमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

प्रकाशित मिति : चैत्र २४, २०७७ मंगलबार  १० : १७ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]