जेष्ठ २, २०८१ बुधबार

मोहनमायाले अब लालपुर्जा पाउछ : खरेल

विर्तामोड । पूर्वमन्त्री अग्नी खरेलले मोहनमाया माविका शिक्षक र व्यवस्थापन समितिको अग्रसरताले विधालयले ठुलो सफलता हात पारेको बताएका छन् ।

५३ औं वार्षिकोत्सवमा प्रमुख अतिथिका रुपमा सहभागी भएका खरेलले विधालयको ५३ वर्षदेखिको जग्गा स्वामित्वको समस्या सधैका लागि समाधान भएको बताए । उनले जग्गाको स्वामित्व विधालयमा फर्काउन आफ्नो ठाउँबाट सामान्य भूमिका निर्वाह गरेको जानकारी दिए । पाँच दशक लामो समस्या समाधान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै विधालयले खरेललाई सोही कार्यक्रममा सम्मान गरेको छ ।

विधालयलाई जग्गा दिने दाताले कुनै लिखित कागज नभएका कारण फिर्ता गर्न मुद्दा हालेका थिए । पुनरावेदन र सर्वोच्चमा विधालयको विपक्षमा फैसला भएको थियो । सोहि विवाद लिएर काठमाडौं गएको विधालयको टोलीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालिन महान्यायाधिवक्ता खरेलसँग कानुनी परार्श गर्न सूझाव दिएका थिए । खरेलसँगको भेटपछि विधालयका लागि नयाँ ‘टर्निङ पोइन्ट’ मिलेको थियो । उनै खरेलको सहजीकरणपछि विधलायले ७ कठ्ठा १८ धुर जग्गा फिर्ता पाइसकेको छ । केहि समयपछि लालपुर्जा प्राप्त हुने प्रधानाध्यापक शेर बहादुर श्रेष्ठले जानकारी दिए । सो जग्गाका दातालाई सरकारले चलनचल्तीका आधारमा १ करोड ५८ लाख भन्दा बढि रकम प्रदान गरेको छ ।

शुक्रवार आयोजित वार्षिकोत्सवमा बोल्दै खरेलले विधालयको चौतर्फी सफलताले सामुदायिक विधालयहरुमा अब्बल सावित गरेको धारणा राखेका छन् । उनले हरेक वर्ष सयौं विधार्थी बोडिङ छोडेर सरकारी विधालयमा भर्ना हुनुले शिक्षा क्षेत्रमा मोहनमायाले आशा जगाएको बताए । राज्यले लगानी गरेको ठाउँमा समुदायको समेत सहयोग भएमा राज्यको दायित्व समेत पुरा हुने उनको तर्क थियो । पूर्व महान्यायाधिवक्ता खरेलले अब ढुक्क भएर काम गर्न आग्रह गरेका छन् । उनले अब विधालयमा जग्गाको कुनै समस्या नरहेको बताउँदै लालपुर्जा पाइने बताए । स्थानीय तहले विधालयहरुमा पढाइ भइरहेका विषयमा जानकारी राख्दै कुन विधालयमा कुन विषय पढाउने भन्ने बारेमा योजना बनाउन जरुरी रहेको बताए । उनका अनुसार जीवन उपयोगी शिक्षालाई प्राथमिकता दिनुपर्ने छ । वार्षिकोत्सवलाई सम्बोधन गर्दै उनले विशेष गरी छात्राहरुलाई आत्मरक्षा तालिम प्रदान गर्नुपर्नेमा जोड दिएका छन् ।

विधालय व्यवस्थापन समितिका अध्यक्ष नारायण राजवंशीको अध्यक्षतामा भएको कार्याक्रममा विधालयका उत्कृष्ट विधार्थीहरुलाई पुरस्कृत गरिएको छ । यस्तै, विधालयले जिल्ला शिक्षा समन्वय इकाईका प्रमुख राजकुमार वि.क, उत्कृष्ट शिक्षक, कल्पना ओली, मुकुन्द ढकाल, डम्बर ओझा, र अनिता बस्नेत कार्कीलाई सम्मान गरिएको छ ।

प्रधानाध्यापक श्रेष्ठले विधार्थीको चाप बढ्दै गएकाले भौतिक संरचनाको अभाव भएको बताए । उनले यहि वर्ष नयाँ ४ सय विधार्थी भर्ना भएको र आउँदो वर्ष ५ सय विधार्थी आउन तयार रहेकोले कक्षाकोठाको अभाव खड्किएको बताएका छन् । उनले भौतिक संरचना र शिक्षक दरबन्दीको व्यवस्थापनमा सरोकारवालाई सहयोगको लागि आग्रह गरेका छन् ।

प्रकाशित मिति : चैत्र २८, २०७७ शनिबार  १० : ०९ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]