झापामा थप ५ जनामा कोरोना पुष्टि
विर्तामोड । झापामा आज ४ महिला सहित थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार दमकमा ३ महिला १ पुरुष र भद्रपरमा १ महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले जानकारी दिए ।
यो सँगै झापामा संक्रमित हुनेको संख्या ४६ सय ४९ पुगेको छ । २२ जना आइसोलेशनमा उपचार गरिरहेका छन् । जिल्लामा १२८ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ ।