जेष्ठ ६, २०८१ आईतबार

उत्कृष्ट सदस्य र ऋणी सम्मानित

काँकरभिट्टा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.(एनएमसी) अन्तर्गत काँकरभिट्टा कार्यालयको आयोजनामा संस्थाका उत्कृष्ट सदस्य र उत्कृष्ट ऋणीहरु सम्मानित भएका छन् । मंगलबार संस्थाको काँकरभिट्टास्थित प्रधान कार्यालयको सभाहलमा सम्पन्न सदस्य शिक्षा कार्यव्रmममा उक्त सम्मान गरिएको हो ।
संस्थासँग लगातार बचत तथा ऋणको कारोबार गर्दै आएका सदस्यहरुलाई संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती, संस्था अन्तर्गतका विषयगत समिति, कार्यालयगत समिति, एकाइ समितिका पदाधिकारी लगायतले उनीहरुलाई सम्मानित गरेका थिए । काँकरभिट्टा कार्यालयबाट सम्मानित हुने सदस्यहरुमा कमलाकुमारी ठाकुर, सनिजा बेगम, ज्ञानु लामा, मन्दिरा उप्रेती, लवराज सापकोटा र गोपालचन्द्र बोहोरा रहेका थिए । उनीहरुलाई खादा, अबिर तथा प्रमाण पत्रले सम्मानित गरिएको थियो । यसैगरी संस्थासँग असल रुपमा ऋणको कारोबार गर्दै आएका ५० भन्दा बढी ऋणी सदस्यलाई पनि सो अवसरमा सम्मानित गरिएको थियो ।
कार्यव्रmममा संस्थाद्वारा आयोजित असल खानपिन र स्वस्थ जीवन विषयमा अध्यक्ष रामचन्द्र उप्रेतीले सहजीकरण गर्दै एनएमसीले सदस्यसँग वित्तीय कारोबार मात्र नगरी सदस्यको जीवनस्तरमा सकारात्मक परिवर्तनका लागि ल्याएका कार्यव्रmम बारे चर्चा गरेका थिए । सदस्यको सामाजिक तथा आर्थिक जीवनयापनमा सुधारका लागि संस्थाले विभिन्न प्रकारका अभियान र कार्यव्रmमलाई अघि सारेको बताउँदै अध्यक्ष उप्रेतीले एनएमसीले डेरी उद्योगका साथै भर्खरै सुरु गरेको एकीकृत नमुना कृषि परियोजना र सुरु हुन लागेको एनएमसी उपभोक्ता भण्डारका बारेमा पनि सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : बैशाख १०, २०७६ मंगलबार  ९ : १३ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]