बैशाख १४, २०८१ शुक्रबार

नगरको निर्णय उल्लंघन गर्दै बुद्ध स्मृतिमा पठनपाठन

विर्तामोड । कोरोना महामारीमा समेत विधालय सञ्चालन गरेको भन्दै अभिभावकले गुनासो गरेका छन् । विर्तामोड–१ मा रहेका बुद्ध स्मृति बोर्डिङ स्कुलले कोरोना महामारीलाई समेत वेवास्था गर्दै विधालय सञ्चालन गरिरहेको अभिभावकको गुनासो छ ।

विर्तामोड नगरपालिकाले बैशाख १९ गतेसम्मका लागि नगर क्षेत्रभित्रका सामुदायिक तथा निजी विधालयहरुको पठनपाठन बन्द गर्ने निर्णय गरेको थियो । कोभिडको संक्रमण दर फैलिदै गए पछि संघीय सरकारको निर्देशन बमोजिम विधालयहरु बन्द गरिएका छन् ।

विर्तामोडमा रहेको बुद्ध स्मृतिले बिहानको समयमा विधालय सञ्चालन गर्दै आएको अभिभावकको गुनासो छ । एक अभिभावकले नाम नबताउने सर्तमा भने, हाम्रा बालबच्चालाई कोरोना लाग्यो भने विधालय जिम्मेवार हुन्छ ? हामी पैसा तिर्न तयार छौं, वैकल्पिक सिकाई अपनाए हुन्थ्यो ।

विधालयमा सम्पर्क गर्दा एक जना महिलाले भनिन्, ‘हामीले विधालय सञ्चालन गरिरहेका छौं । भीडभाड गरेका छनौं ।’ नगरपालिकाले भीडभाड नगरी पनि विधालय चलाउन छुट दिएको छैन । उनले कक्षा ६ देखि ९ कक्षासम्म पठनपाठन भइरहेको जानकारी दिइन् । अभिभावकहरुले विधालयबाट स्कुल ड्रेस विना विधार्थीलाई बोलाएर पढाइरहेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : बैशाख १३, २०७८ सोमबार  ८ : ०० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]