बैशाख ११, २०८१ मंगलबार

पठनपाठन गर्ने विधालयले आफै जिम्मेवारी लिनुपर्ने

विर्तामोड । विर्तामोड नगरपालिका शिक्षा शाखा प्रमुख तिलचन भण्डारीले नगरको निर्णय उल्लंघन गर्ने विधालय आफै जिम्मेवार बन्नुपर्ने बताएका छन् । उनले आफु खुशी विधालय सञ्चालन गरेर जाखिम आइपरे त्यसको जिम्मेवारी स्वमय् विधालय प्रशासन हुनुपर्ने बताए ।
विर्तामोड नगरपालिकाले बैशाख १९ सम्मलाई विधालय बन्द गर्ने निर्णय गरेको छ ।

सो निर्णयलाई उल्लंघन गर्दै विर्तामोड क्षेत्रमा विधालयहरुले पठनपाठन सञ्चालन गरेको पाइएको छ । केतिपय विधालयहरुले विहानको समयमा आउट ड्रेसमा विधार्थी बोलाएर पठनपाठन गरिरहेको अभिभावकको गुनासो छ ।

शिक्षा प्रमुख भण्डारीले जानकारी आएसम्म विधालयहरुलाई सम्पर्क गरेर पठनपाठन बन्द गर्न आग्रह गरिएको बताए । केहि विधालय सञ्चालन भएको जानकारी आउना साथ तत्काल सम्पर्क गरेर खवरदारी गरेका छौं, भण्डारीले भने – कुनै विधालयले बालबच्चा विधालय पठाउन भनेमा अभिभावकले तत्काल नगरमा जानकारी गराउनुहोस् । परीक्षाका सन्दर्भमा बैशाख १९ सम्मको परिस्थिति र सरकारको निर्णयमा भर पर्ने उनको भनाई थियो ।

प्रकाशित मिति : बैशाख १४, २०७८ मंगलबार  ७ : ३० बजे

प्रतिक्रिया दिनुहोस्

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]