बैशाख १३, २०८१ बिहीबार

झापामा पूर्ण निषेधाज्ञा हुन सक्छ : प्रजिअ

विर्तामोड । झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले परिस्थितिलाई विश्लेषण गरेर पूर्ण निषेधाज्ञा गर्ने बताएका छन् । उनले हप्तादिनलाई निषेधाज्ञा गरिए पनि परिस्थिति अनुरुप थपिदैं जान सक्ने बताए ।

प्रजिअ तिमिल्सिनाले निषेधाज्ञामा गरिएका कतिपय व्यवस्थाहरु उल्लंघन भइरहेको जानकारी दिए । सवारीमा जोर–विजोर प्रणाली लागु गरिए पनि पूर्ण रुपमा लागु नभएको उनको भनाई छ । हामीले उल्लंघन गर्ने सवारीहरुलाई होल्ड गराई सम्झाई बुझाई गरिरहेका छौं, उनले थपे – यस्तै भइरहेमा पूर्ण निषेधाज्ञा अवश्य हुनेछ । परिस्थिति अनुसार सबै बन्द गर्न सकिने तिमिल्सिनाको भनाई छ ।

प्रकाशित मिति : बैशाख २१, २०७८ मंगलबार  ३ : ११ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]