बैशाख १२, २०८१ बुधबार

अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीलाई सलाम छः सभापति देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा दिनरात बिरामीका उपचारमा लागिपरेका चिकित्सक, नर्स, अन्य स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकलगायत सबैप्रति कृतज्ञता व्यक्त गर्दै उच्च प्रशंसा गर्नुभएको छ । 

उहाँले फ्रन्टलाइनरको मेहनतले बिरामीमा आशाको किरण देखिएको सामाजिक सञ्जालमार्फत जनाउनुभएको छ । एक दिन राज्यले पक्कै पनि फ्रन्टलाइनरले यो कठिन अवस्थामा गरेको योगदानको कदर गर्ने पूर्वप्रधानमन्त्री देउवाले बताउनुभएको छ ।    

प्रकाशित मिति : जेष्ठ २, २०७८ आईतबार  १० : २६ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]