चैत्र १६, २०८० शुक्रबार

हत्या भएको आशंकामा प्रेमी पक्राउ

दमक । दमकको लाइफलाइन अस्पतालमा रेडियोलोजी विषयकी १८ वर्षीया छात्रा सेजल कोइरालाको बलात्कारपछि हत्या भएको आशङ्कामा प्रहरीले एक आरोपीलाई नियन्त्रणमा लिएको छ ।

पीडित परिवारको तर्फबाट किटानी जाहेरी र मृतकको परीक्षण रिपर्ट आएपछि प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा भोजपुर घर भई हाल दमकमा डेरा बस्दै आएका अरुण राईलाई मङ्गलबार नियन्त्रणमा लिएको हो ।

अरुण र सेजलबीच प्रेम सम्बन्ध रहँदै आएको थियो । आरोपितलाई म्याद थपका लागि आज जिल्ला अदालतमा पेश गरिने इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक नवराज कार्कीले बताएका छन् ।

दमक–५ स्थित एक घरमा डेरा बस्दै आएकी सेजल कोइराला लाइफलाइन अस्पतालमा रेडियोलोजी थर्ड इयरमा पढ्दै थिइन् । इलामको देउमाई नगरपालिका वडा नं. ४ मङ्गलवारेकी सेजललाई आफ्नै डेराको शौचालयमा जेठ २७ गते साँझ बेहोश अवस्थामा साथीहरुले भेटेका थिए ।

साथीहरुले नै उपचारका लागि लाइफलाइन अस्पतालमा पुर्याएका थिए । अस्पतालमै उनको मृत्यु भएको थियो । RSS

प्रकाशित मिति : असार २, २०७८ बुधबार  १२ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]