बैशाख १४, २०८१ शुक्रबार

बिर्तामोडमा आयो दमकको मेची सहकारी

बिर्तामोड । झापाको दमकमा केन्द्रीय कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्थाले बिर्तामोडमा सेवा प्रारम्भ गरेको छ । सहकारी अभियानमा सफल मानिएको मेची सहकारीले बिर्तामोडमा औपचारिक सेवा प्रदान गर्न थालेको संस्थाका अध्यक्ष नारायण भट्टराईले जानकारी दिए ।

सोमवार बिर्तामोडस्थित कार्यालयमा पत्रकार सम्मेलन गर्दै संस्थाको सेवा प्रारम्भ बारे जानकारी गराइएको छ । संस्थाका अध्यक्ष भट्टराईले सेवा प्रारम्भसँगै मेची सहकारीले उपलब्ध गराउने सेवा, सुविधा र हालसम्मको गतिविधि जानकारी दिएका छन् ।

अध्यक्ष भट्टराईले झापाको ठुलो बजारको रुपमा विकास भइरहेको बिर्तामोडमा सहकारी नभएर मेची सहकारी नआएको बताएका छन् । उनले अन्य सहकारीभन्दा मेची पृथक र सेवा सुविधामा केन्द्रीत भएकाले बिर्तामोडमा सेवा प्रारभ्म गरेको जानकारी दिए । उनले संस्थाको व्यालेन्ससिट बढ्दै जाँदा सदस्यहरुका लागि समेत सेवा सुविधा बढ्दै जाने उनको भनाई थियो ।

वि.स २०५४ सालमा दमक क्षेत्रका २९ जनाले १ लाख ४५ हजार शेयर पुँजीबाट शुरु गरेको सहकारीले आगामी भदौ १२ गतेबाट २५ वर्ष पुरा गर्दैछ । १० वटा सेवा केन्द्र रहेको सहकारीमा ९ हजार ४ सय ७६ सदस्य रहेका छन् । संस्थाको शेयर पुँजी ३१ करोड १४ लाख रहेको छ भने बैंक मौज्दात २ अर्व ७३ करोड ६८ लाख ८२ रहेको संस्थाका अध्यक्ष भट्टराईले जानकारी दिए ।
शिक्षा, स्वास्थ्यमा विषेश प्राथमिकता दिदैं आएको मेचीले आफ्ना सदस्यहरुका लागि आवास समेत निर्माण गरेको छ । दमकमा निर्माण गरिएको ५२ वटा घरमध्ये ५० वटा विक्री भइसकेका छन् । सदस्यहरुले आर्थिक अनुकुलताका आधारमा घरको कर्जा विस्तारै तिर्न पाउने व्यवस्था सहकारीले मिलाएको छ ।

संस्थाको अर्को लोकप्रीय कार्यक्रममध्ये प्राविधिक शैक्षिक कर्जा रहेको छ । प्राविधिक शिक्षा अध्ययन गर्नका लागि विधार्थीहरुले कमाएर तिर्न मिल्ने गरि अभिभावकलाई कर्जा दिने सहकारीको कार्यक्रम छ । संस्थामा आवद्ध भई ४ दर्जनभन्दा बढी सेवा सुविधा लिन सहकारीका बिर्तामोड संयोजक उत्तम खनालले आग्रह गरेका छन् ।

प्रकाशित मिति : श्रावण ४, २०७८ सोमबार  ८ : २० बजे

प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
ताजा

इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]